Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धनराजको धन लुट्ने धन्दा

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

धनराजको धन लुट्ने धन्दा

धनराजका धन कमाउने अनेक धन्दाले नेपाली कांग्रेस लज्जित हुनपुगेको छ । जो सबैभन्दा बढी रवि लामिछानेको पछाडि लागेको थियो, उही सबैभन्दा बढी सहकारी ठग निस्किएका छन् । धनराज सादगी नेता देखिन्थे । उनका सहकारी ठगी काण्ड देखि नक्कली डिभोर्स काण्डसम्मले कांग्रेसभित्र ठूलै तरङ्ग फैलिएको छ । धनराज कानुन मन्त्री हुँदा ज्यानमारालाई माफीदिने, न्यायाधीश नियुक्तीमा आर्थिक चलखेल गरेका काण्ड पनि बाहिर आएका छन् । एमाले अध्यक्षमाथि भ्रष्टाचार गरेको भनेर हातपातकै तहमा उत्रने धनराज रातो पासपोर्ट काण्डदेखि मानव तस्करीसम्ममा जोडिएपछि कांग्रेसी नै उनलाई ढोंगी भन्छन् । यिनैले हस्तबहादुर मल्ल, महेन्द्रध्वज जिसीलगायतका रातो पासपोर्ट बेचेका थिए ।
धनराज गोल्डक्वेस्ट, युनिटी र अवैध नेटवर्किङ धन्दामा पनि जोडिएका छन् । युनिभर्सल पिस, होली वाइनको किस्सा अलग्गै छ । धनराजले इच्छाबहादुर तामाङको सिभिल सहकारी ठगीबाट राम्रै कमाएका थिए । मितेरी सहकारीमा श्रीमती ज्योति गुरूङलाई घुसाएर सहकारीलाई ठग्नु ठगे । धनराज नैतिक प्रश्नमा खडा भइसकेका छन् । नेपाली कांग्रेसले यिनलाई कसरी बचाउने हो, त्यो प्रतिक्षाको विषय छ ।