Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काँग्रेसको मानव अधिकार विभागमा दश जना मनोनीत

०३ बिहिबार , आश्विन २०८१एक महिना अगाडि

काँग्रेसको मानव अधिकार विभागमा दश जना मनोनीत

नेपाली काँग्रेसको मानव अधिकार विभागको सदस्यमा दश जना भएका छन् । केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको उक्त विभागमा सभापति शेरबहादुर देउवाले आज दश जनालाई मनोनयन गरेका हुन् । पार्टीको  विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।  

सदस्यमा झापाकी सर्मिला अधिकारी, धनुकटाका दुर्गाबहादुर सुवेदी, लम्जुङका डा.वासुदेव जोशी, बाराका कृष्ण चौधरी, काठमाडौंका रोहित पौडेल, मकवानपुरका रामकृष्ण प्रजा, कास्कीकी माया बराल, रोल्पाका मोहन परियार, जाजरकोटका चन्द्रप्रकाश अधिकारी र कञ्चनपुरका पुष्पराज पाण्डे मनोनीत भएका छन् ।