Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जुम्लाको स्याउलाई बजार दिइयोस् : ज्ञानेन्द्र शाही

३१ सोमबार , भाद्र २०८१२ बर्ष अगाडि

जुम्लाको स्याउलाई बजार दिइयोस् : ज्ञानेन्द्र शाही

३१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको बताए । किसानका स्याउ कुहिएर गएकोमा सरकारले चिन्ता नगरेको गुनासो गरे ।
उनले सभामुखलाई जु्रम्लाको १ र विदेशी १ वटा स्याउ दिएको पनि सुनाए । 
विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको हुने र त्यसले क्यान्सर हुन सक्ने, मानिसको पाचन प्रक्रियामा असर पार्न सक्ने भएकाले सभामुखलाई सावधान पनि गराए ।विदेशी स्याउ साढे तीन सय रुपैयाँ प्रतिकिलो पर्छ, जुम्लाका अर्गानिक स्याउ ७० रुपैयाँ प्रतिकिलो पनि नबिकिरहेको बताएका छन् । यस्तो विषयमा सरकारले किन ध्यान दिएन भन्ने उनको प्र्रश्न थियो ।