Advertisement Banner
Advertisement Banner

०२ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

चीनको चासो टोखा सुरुङमार्ग

२५ मंगलबार , भाद्र २०८१४ महिना अगाडि

चीनको चासो टोखा सुरुङमार्ग

काठमाडौं– चीनले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरूङमार्ग अनुदान सहयोगमा बनाइदिने भएको छ । ४.१७ किलोमिटरको यो सुरूङमार्ग चीनले अनुदानमा निर्माण गरिदिने कुरा अघि बढेको छ । साथै चीनले नेपालले सहमति गरेको बीआरआई कार्यान्वयनमा प्रश्न उठाएको छ । नेपालले ऋणमा होइन, अनुदानमा बीआरआईलाई अघि बढाउन चाहेको मेसेज पठाइसकेको छ ।
चीनको केरूङबाट काठमाडौं जोड्ने यो आयोजनाका विषयमा चीनले अनुदानमा निर्माण गरिदिन सहमति गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । हुन त २०१९ अघि नै सहमति हुनेथियो, एमसीसीका कारण यो आयोजना अल्झेर बसेको छ । त्यसमाथि बीआरआईको अनुदान नदिने नीतिका कारण पनि यो आयोजना लामो समयदेखि रोकिएर रहेको थियो । यो आयोजनासँग सम्बन्धित काठमाडौंको सामाखुसिदेखि नुवाकोटको छहरेसम्मको बाटो स्तरोन्नतिका नेपाल सरकार सकृय भएको छ । चीनको नाका केरूङ जोड्ने सबैभन्दा छोटो रूट पनि यही नै हो । यो आयोजना निर्माणमा झण्डै ५० अर्ब लाग्ने अनुमान छ ।
काठमाडौंबाट नुवाकोटको छहरे, थान्सिङदेखि रसुवागढीतर्फको बाटो त्रिशुली नदीको किनारै–किनार रसुवाको स्याफ्रुबेसिसम्म ४ लेनमा विस्तार भएपछि दुबै देश जोडिने सहज मार्ग यही हुनेछ । यही वीचमा सुरूङमार्ग पनि पर्नेछ ।
हुन त नेपालले चीनलाई १० वटा आयोजना पठाइसकेको छ र गिफ्टमा निर्माण गरिदिन चीनलाई अनौपचारिक आग्रह पनि गरिसकेको हो । बीआरआई अन्तर्गत चीन नेपालका कुनै पनि साना, ठूला, मेघा आयोजना बनाइदिन तैयार छ तर नेपाल ऋणभारमा भन्दा पनि अनुदानका योजना खोजिरहेको छ ।
चीनको प्राथमिकता बीआरआई कार्यान्वयनमा नै रहेको अवस्था छ ।