Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

७ बुँदे सहमतिमा प्वाल परेकै हो त ?

२१ शुक्रबार , भाद्र २०८१३ महिना अगाडि

७ बुँदे सहमतिमा प्वाल परेकै हो त ?

कूटनीतिक बृत्तमा समेत यो सरकार दशै अघि वा लगत्तै ढल्छ भन्ने चर्चा छ । यता दुई ठूला दलवीच आपसी विश्वास बढाउन र एकदोस्रालाई आश्वस्त पार्ने क्रम देखिन थालेको छ ।
हो, प्रमुख प्रतिपक्षी माओवादी र सत्ता नेतृत्व एमालेवीच शब्द वाण– किक हानाहान चलेको छ । सडक र सामाजिक सञ्जालमा असन्तुष्टि देखिन्छन् । ठूलो चुनौति देखिन्न । सत्ता नेतृत्व दुई ठूला दलवीच नै विश्वासको संकट बढेको चर्चा बाक्लिएको छ ।
यो सरकार दुई तिहाईको बहुमतको हो । अर्थतन्त्रमा शेयर मार्केट बाहेक थप सुधार केही देखिन्न । शान्ति प्रकृया टुंगोमा पु¥याउने प्रयास भएको छ, सफलता हासिल भइसकेको छैन । यसमा पनि शंका छ ।राजनीतिक स्थायित्य दिन, सुशासन र नागरिकले बोध गर्नेगरी काम देखाउन सरकार उदासीन देखिन्छ । ओलीले २ वर्ष शासन गर्ने, ०८४ को चुनाव कांग्रेस सभापति देउवा प्रम बनेर गर्ने वचनबद्धता ओलीको छ । कांग्रेसले भदौ १६ गतेको केन्द्रीय समिति बैठकबाट एमालेसँग गरिएको ७ बुँदे सहमतिप्रति प्रतिबद्ध रहने निर्णय गरिसकेको छ ।  विश्लेषक भन्छन्– यो सरकार प्राविधिक रूपमा बलियो देखिए पनि मनोवैज्ञानिक रूपमा कमजोर छ ।
यो सरकारले संविधान संशोधनको कुरा उठाएको छ, यो मुद्दा अझै बहसमा उत्रिसकेको छैन, स्पष्ट छैन ।
यद्यपि कांग्रेस एमाले एक्लाएक्लै चुनाव लड्ने बताइरहेका छन् ।