Advertisement Banner
Advertisement Banner

०२ बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

२५ करोडका प्रयोगशाला भ्यान कवाडी

१९ बुधबार , भाद्र २०८११४ दिन अगाडि

२५ करोडका प्रयोगशाला भ्यान कवाडी

एक दिन पनि नचली दूध, पानीजस्ता खाद्यवस्तुको स्क्रिनिङ टेस्ट गर्ने नाममा किनिएको २५ करोडको प्रयोगशाला भ्यान कवाडी बनेको छ । यो भ्यान कवाडी बनेको होइन, सरकारको क्षमता कवाडी बनेको हो ।
५ वर्ष अघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चारवटा प्रयोगशाला भ्यान किनियो, सञ्चालनमा नआउँदै कवाडी बन्यो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सँगसँगै कवाडी बनेको प्रमाण हो यो ।
ले खरिद गरेका २ थान भ्यान एकपटक पनि नचलाइ ५ वर्षदेखि खिया लागेर बसेका छन् ।
यी सबै भ्यानहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग परिसरमा अलपत्र रहेका छन् । विभागका पदाधिकारी भन्छन्– चारवटै भ्यानहरु चल्ने हालतमा छैनन् ।
अचम्म भ्यान चालकसमेत थिएनन्, कमिशनका लागि भ्यान किनियो, कमिशन खाएर भ्यान थन्क्याइयो । कवाडी बन्यो ।
यी भ्यानमा भ्रष्टाचार भएको भनेर विशेष अदालतमा मुद्दा परेको थियो, सफाइ दियो । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ ।
यसरी राज्यकोषको दोहन लोकतन्त्र बन्नपुगेको छ ।