Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एमाओवादी ओलीबाट वाक्कभो

१७ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

एमाओवादी केपी ओलीको शासनबाट वाक्क भइसकेछ। यसको रहस्य खोलेका छन्–प्रवक्त दिनानाथ शर्माले। कांग्रेस र मधेसवादी सत्तामा नजाने हो भने संविधान कार्यान्वयन हुनसक्दैन भन्ने पार्टी बैठकको निर्णयपछि प्रचण्डले धेरैदिनदेखि राष्ट्रिय सरकार गठन गर्नुपर्छ भन्ने धारणा नै सही हो भन्ने भित्री निर्णय गरेर एमाओवादीले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने विषय एमाओवादीको पार्टी लाइन बनेको छ। यही रहस्य प्रवक्ता दिननाथ शर्माले सार्वजनिक गरेका छन्।

दिनानाथका अनुसार राष्ट्रिय सरकारको पहल भित्रभित्रै सुरु भइसकेको खुलासा पनि गरेका छन्। शर्माकै शव्दमा कांग्रेसको नेतृत्वमा उपेन्द्रजीहरु सम्मिलित सरकार बन्छ, यही सरकारले संविधान कार्यान्वयन गर्छ। केही दिन अघि भएको पार्टी बैठकमा एमाओवादीको प्रतिनिधित्व गरेका मन्त्रीहरुको कडा आलोचना भएको थियो। मन्त्री फिर्ता बोलाउनुपर्नेसम्मको चर्को बहस भएको कुरा प्रवक्ताले सकारे। तर उनको टिप्पणी छ– ओली सरकारलाई दिएको समर्थन जारी छ, मन्त्री फिर्ता बोलाउने निर्णय भएको छैन। संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सरकारको आवश्यकता परेको हो।

प्रवक्ता दिननाथ शर्माले पनि डा.बाबुरामलाई झटारो हान्न छाडेनन्। उनका अनुसार भारतको दबाबमा बाबुरामले पार्टी त्यागेका हुन्। उनी विजातीय भइसके, कम्युनिष्ट रहेनन्। उनीसँग एकीकरणको कुरै नगरौं।