Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

वीपीको मेलमिलाप विकल्प छैन

१७ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

नेपाली कांग्रेसको अधिवेशनको पूर्वसन्ध्यामा रामचन्द्र पौडेल गुटबाट महामन्त्रीमा खडा हुन लागेका वीपीपुत्र सशांक कोइरालाले पहिलेदेखि भन्दै आएका कुरा फेरि दोहोर्‍याएर भनेका छन्– वीपीको मेलमिलाप नीतिको विकल्प छैन। जनताले चाहे राजतन्त्र फर्कनसक्छ। उनको सिधा कुरा छ– ३ करोड जनताले राजा चाहिन्छ भन्छन् भने राजतन्त्र फर्कनसक्छ, हामी रोक्न सक्दैनों। हुनसक्छ, राष्ट्र बचाउने अवस्था आयो भने हामीले राजालाई ल्याएर राष्ट्र बचाउनु पर्छ। म वीपी कोइरालाको लाइनमा विश्वास गर्छु। वीपीले भन्नुभएको थियो– राष्ट्रियताको सवालमा म र राजा एउटै ठाउँमा छों, प्रजातन्त्रको सवालमा मतभिन्नता छ। अहिले हेरौं, विगत १० वर्षमा हामी कता गइरहेछों? दुर्भाग्यवस कांग्रेसले बाटो परिवर्तन गर्नुपर्‍यो। अहिले हामीले सच्याएनों भने झन दुर्भाग्यको स्थिति आउनसकने देखिराख्या छु।

वीपीको पहिलो प्राथमिकता राष्ट्रियता थियो, दोस्रो प्रजातन्त्र। आज राष्ट्रियताको कोही उच्चारण गरिरहेका छैनन्। राष्ट्रियता धेरै कमजोर भइसक्यो। अहिले महत्व दिइएको छ जातियताको। क्षेत्रीयताको। राष्ट्रियताको चिन्ता गरिएन भने मुलुक बिखण्डनतिर जान्छ। मधेस टुक्य्राउन खोजे, जातीय हिंसा बढ्यो भने, आएका एक्स्ट्रीम थटहरु छन्– मुलुक टुक्य्राउनै पर्छ भन्ने, राजा ल्याउनैपर्छ भन्ने। जनआन्दोलनमा माओवादीको एजेन्डामा हिडेको कांग्रेसले राजनीतिक मिस्टेकहरु सच्याउनै पर्छ। राष्ट्रियतालाई महत्व दिनैपर्छ।

नेपाली कांग्रेसको परिचय भनेको समाजवाद नै हो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता भनेको माओवादीले सबैलाई घिसारेर लगेको बाटो हो। धर्म न निरपेक्ष हुन्छ, न सापेक्ष। धर्म त स्वतन्त्र हुनुपर्छ। धर्म भनेको स्वतन्त्रता हो। विकेन्द्रीकरण महत्वपूर्ण छ। गणतन्त्र दुर्भाग्य हो, दुर्घटना हो। वीपी भइदिएका भए यस्तो हुँदैनथ्यो।

जनयुद्धमा गाई काटे खाए, अर्कोतिर गाईको पूजा गर्छन्। संघीयता, कुन कम्युनिष्ट मुलुकमा संघीयता थियो? गणतन्त्र राजा फाल्ने कुरामात्र हो। यसरी प्रजातन्त्र मजबुद हुनसक्दैन, विवादमात्र बढ्छ। \u000a    म एकै शव्दमा भन्छु हामी एक्स्ट्रीममा गइरहेका छों। अव पनि हामीले सच्याएनौं भने दुर्घटना हुन्छ। वीपी भन्नुहुन्थ्यो– बाटो बिरायो भने माटो लेउ र सोच। हामीले माटो लिएर सोच्नुपर्‍यो नेपालका लागि।