Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ओवामालाई निम्तो खै ?

१७ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

आगमी जेठ ८ गते नेपालको लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदैछ, सहभागी हुन चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निम्तो पठाउने नेपाल सरकारले अमेरिकी र ाष्ट्रपति बाराक ओवामालाई किन निम्तो पठाएन? भर्खर अमेरिकाले ६६ प्रकारका नेपाली गार्मेन्ट बस्तुमा १० वर्षसम्म भन्सार छुट दिएर नेपाललाई आर्थिक उन्नतिको ढोका खोलिदिएको र बुद्धका प्रशंसक रहेका वाराक ओवामालाई निम्तो पठाउने निर्णय नगरेर ओली सरकारले धन्यवाद दिने सामान्य शिष्टाचारसमेत पूरा गरेन। आखिर किन?

२६७औं बुद्ध जयन्तीमा बाराक ओवामा नेपाल आउँथे कि? आगामी नोभेम्बरको निर्वाचनपछि ओवामा अवकाशमा जानेछन्। नयाँ राष्ट्रपतिले अमेरिकी सत्ता हाँक्नेछन्। ओवामा ती राष्ट्रपति हुन् जसले हनुमानको प्रतिमूर्ति खल्तीमै हालेर हिड्छन् र बुद्धको प्रतिमूर्तिमा दिनहुँ प्रार्थना गर्ने गर्छन्। र, उनका सहयोगीका रुपमा नेपाली एक महिलासमेत कार्यरत छिन्। नेपालप्रति सद्भाव राख्ने र बुद्धप्रति सम्मान गर्ने राष्ट्रपति बाराक ओवामालाई बुद्ध सम्मेलनमा निम्तो दिनुपर्ने कुनै प्रस्ताव ओली सरकारको बैठकमा प्रवेश नै पाएको देखिएन। बरु, संस्कृतिमन्त्री आनन्द पोखरेलले आफ्नै देशका राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेष प्रकारको निम्तोकार्ड लेखेर चाकरी पुर्‍याउने काम गरे। यस्तो सोचले पनि बुद्ध सम्मेलनले लक्ष्य प्राप्त गर्ला?

भारत, चीन र अमेरिकाका शीर्ष नेतालाई नेपाल ल्याउनु भनेको यसवर्ष १० लाख र तीनवर्षभित्र १८ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुनेमात्र होइन, नेपालको पुननिर्माण, पर्यटन उद्योग, शान्ति र स्थिरतामासमेत चार चाँद लाग्ने ग्यारेन्टी हुनेथियो। नेपालको इतिहासमा बाराक ओवामा आउनु भनेको नेपालीत्वको जगेर्नाका लागि ऐतिहासिक फड्को समेत हुने थियो र नेपालको व्यक्तित्व बढ्ने निश्चित हुन्थ्यो।

ओली सरकार जतिसुकै गम्भीर विषयमा पनि हल्का रुपमा लिने रोगले ग्रसित छ। राष्ट्रियता र राष्ट्रवादको नारा लगाएर नथाक्ने प्रम ओली र उनको ४० सदस्यीय टिम यथार्थमा हावादारी टिमजस्तो छ। जो औपचारिकताबाहेक अलि परको सोच र नयाँखोज गर्न नसक्ने प्रकृति र प्रवृत्तिमा रहेको देखिन्छ।