Advertisement Banner
Advertisement Banner

०२ बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

एलन मस्कको फ्रि फास्ट स्याटेलाइट इन्टरनेत आउँदै

१८ मंगलबार , भाद्र २०८११५ दिन अगाडि

एलन मस्कको फ्रि फास्ट स्याटेलाइट इन्टरनेत आउँदै

नेपाललाई एलन मस्कको कम्पनीले अन्तरिक्षबाट सिधै फास्ट र फ्रि इन्टरनेट सेवा दिने प्रस्ताव आएको छ ।
केही कानुनी अल्झो भएकाले नेपाल सरकारले एलन मस्कको स्टारलिङ्क इन्टरनेट सेवाका लागि बाटो खोल्ने तयारी गरेको छ । हालैको घोषणामा राष्ट्रपति रामचन्द्र पौडलले दुर्गम र चुनौतिपूर्ण इलाकाहरूमा स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गर्ने योजनाको खुलासा गरेका छन् । एलन मस्कलाई भित्र्याउने यो संकेत हो ।
नीति कार्यक्रममा आगामी आर्थिक वर्षमा आफ्नै उपग्रह प्रणाली स्थापना गर्ने र सूचना प्रविधिको पूर्वाधार अभिवृद्धि गर्ने उपायहरू समावेश छन् । थप रूपमा, डाटा सेन्टरहरू, राष्ट्रिय ज्ञान पार्कहरू, र साइबर सुरक्षा प्रोटोकलहरूका लागि मापदण्डहरू एजेन्डामा रहेका छन् । सार्वजनिक एजेन्सीहरूले बलियो र सुरक्षित सूचना प्रणाली सुनिश्चित गर्दै हार्डवेयर, सफ्टवेयर र सञ्जाल सुरक्षाको प्राविधिक परीक्षण गर्नेछन् । यसबाहेक, ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने प्रयासहरू हाइलाइट गरिएको छ, जसले राष्ट्रव्यापी इन्टरनेट पहुँचलाई गति दिने लक्ष्य राखेको छ । शतप्रतिशत लगानीमा स्याटेलाइट इन्टरनेटका लागि इलन मस्कले प्रस्ताव गरेका छन् । उनले दिने इन्टरनेट फास्ट र फ्रि हुने प्रस्तावमा उल्लेख छ ।
Elon Musk विश्वमै प्रभावकारी व्यक्ति मानिन्छन् । इलन मस्कcofounded six companies, including electric car maker Tesla, rocket producer SpaceX and tunneling startup Boring Company. Elon Reeve Musk FRS is a businessman and investor known for his key roles in the space company SpaceX. उनी ५३ वर्षका साउथ अफ्रिकामा जन्मेका हुन् ।
दूरसञ्चार नियामक संस्थामा प्रस्ताव गएको छ । नेपाललाई भरपर्दो इन्टरनेट सेवा दिन्छु भनेर नेपाल पसेको स्टारलिङ्को प्रस्ताव छिटै मन्त्रिपरिषदमा जाने र सरकारले निर्णय गर्ने सम्भाबना छ ।
पूर्व पम प्रचण्डले भित्र्याउन लागेको यो कम्पनीलाई ओली सरकारले भित्र्याउन लागेको हो । वरिष्ठ अधिकारी यो प्रस्ताव क्याविनेटबाट पास हुने बताउँछन् ।
स्टार लिङ्क साँडे २ अर्व डलर सम्पत्ति भएको विश्वकै धनी व्यक्ति मस्कको कम्पनी हो । यो कम्पनी भित्र्याउन अमेरिकी दूतावासका बरिष्ठ अधिकारीले समन्वय गरिरहेका छन् । प्रत्यक्ष स्याटेलाइट जडानमार्फत भरपर्दो, किफायती र उच्च–प्रविधि इन्टरनेट सेवा प्रदान गर्न सक्ने नेपालमा स्टारलिङ्कको सञ्चालनमा बाधा पुर्याउने रेड टेपमाथि दूतावासले बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । ८० प्रतिशत लगानी गर्नपाइने भए पनि यो कम्पनीले शतप्रतिशत लगानी गर्न चाहेको छ । नेपाल टेलिकमका अधिकारी भन्छन्– उनीहरू नेपाल आउन इच्छुक थिए र हामी नेपालमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने प्रस्तावलाई स्वीकार गर्दैछौं । नियमितताका लागि हाइब्रिड होइन, स्याटेलाइट नै आवश्यक छ । यो कम्पनीले महाद्वीपका चार दर्जन देशहरूमा इन्टरनेट सेवा दिएको छ ।
स्टारलिङ्कको उन्नत प्रविधिलाई नेपाल भित्र्याउन सके नयाँ फड्को हुने राज्यका अधिकारी भन्न थालिसकेका छन् ।