माओवादी नेता अग्नि सापकोटाविरुद्धको ज्यानमारा मुद्दामा सर्वोच्च अदालतले १२ वर्षदेखि फैसला दिन सकेको छैन ।
सर्वोच्चमा ज्यानमारा मुद्दा भए पनि माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसदको सभामुखसमेत चलाइसकेका छन् ।
सर्वोच्चले फैसलाको मिति निरन्तर सार्दे गएको छ । सर्वोच्च सकसमा देखिन्छ ।
काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि उजुरी परेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाई भइसकेको छ । २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानविरुद्ध उजुरी गरेकी थिइन् ।
माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ । सुनवाई नै नहुने, सुनवाई हुने, निर्णय नसुनाउने गर्दा अदालतहरुको साखमा धक्का लाग्नेगरेको छ ।