इजरायली दूतावासले नेपालीलाई केयर गिभरमा पठाउने अन्तिम नामावलीको छानबिन गरिरहेको छ । नेपालले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारको रूपमा काम गर्नेगरी दुई हजार जनाको माग गरेको र तिनीहरुको छनौट भइरहेको छ । साउन २१ गते एक हजार ८६३ जना पुरुष र एक हजार ५९८ जना महिलाको सूची फाइनल हुँदैछ ।
नेमचेकको नतिजा आएपछि सफल उम्मेदवारहरूलाई इजरायल सरकारको लट्री प्रोग्राममा समावेश गरेर अन्तिम सूची निकाल्ने र पठाउने प्रकृया सुरु हुनेछ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) बाट मान्यता नपाएको संस्थाबाट काम सिकेकाहरु जान पाउने छैनन् । नर्सिङ, सीएमए र अनमिको कोर्स पूरा नगरेकाहरूलाई ३ महिनाको केयर गिभर तालिम अनिवार्य छ । बानेश्वरमा रहेको सीटी एण्ड एज्ड केयर ट्रेनिङ सेन्टरलगायतका कतिपय सेन्टरले तालिम नलिए पनि प्रमाणपत्र बेच्ने, पठाइदिन्छु भनेर दलाली गर्ने गरेको पनि खुलेको छ । केयर गिभरमा पठाउने सम्बन्धमा विभाग, मन्त्रालय, दलालहरुवीच तनावको स्थिति सिर्जना भइरहेको थाहा भएको छ ।