सरकारमा रहेका एमाले र कंग्रेसका महामन्त्रीहरुले ‘समाजमा एकदमै ठुलो निराशा भएको’ बताउन थालेका छन् । हिजो नै प्रहरीको कार्यक्रममा प्रधानमन्त्रीले ‘बढुवा हुन प्रहरीले रुपैया भरिएको झोला बोकेर कुदनु नपर्ने, अहिलेको सरकारले फलानोलाई फसाउ भनेर आदेश नदिने’ बताएपछि नेपालको प्रशासन र सत्ता राजनीति कति नाङ्गिसकेको रहेछ सबैले बुझ्न पाए । देशको शासन प्रशासनमा यतिसम्मको दयनीय अवस्थाले राष्ट्रको भविष्यलाई कति सुरक्षित देखाउन सक्ला ? योभन्दा दयनीय लोकतन्त्रको हालत अरु के हुनसक्छ ? नेताहरुले पद्धति र नेतृत्व असफल भइसकेको संकेत आफैले गरेका छन् ।