बंगलादेश गम्भीर राजनीतिक संकटमा फसेको छ । असर सर्वत्र देखिन्छ ।
आरक्षणको सानो झिल्को दावानल बन्यो बंगलादेशमा । अफगानिस्तान, श्रीलंका, बंगलादेशपछि नेपालजस्ता साना मुलुकमा तरङ्ग उठेका छन् ।
१५ वर्षको शासनकालमा शेख हसिनाले काम गरेकी नै छन् । तर उनले जुन प्रकारको एकल निरंकूशता र निश्चित व्यक्तिको हातमा अर्थतन्त्र पु¥याउनलाई बढावा दिइन्, यसले उनको कद घटायो । यो भन्दा पनि उनको चीनतिरको ज्यादा लगावले पनि बंगलादेशलाई संकटमा पारेको हो ।
गत जनवरीमा शेख हसिनाको जबरजस्त चुनावी जित भएको थियो । चुनाव जितेरमात्र सत्ता सुरक्षित नहुने रहेछ । सेनाले साथ दिन्छ भन्ने विश्वासमा धक्का लागेपछि प्रधानमन्त्री शेख हसिना भारत भागेकी थिइन् । यतिबेला शेख हसिनाको पासपोर्टसमेत खारेज गरेकोले अब उनको पलायन झन संकटमा छ ।
बंगलादेशका निर्माण बंगबन्धु शेख मुजिवर रहमानका शालिकहरू ढालिए, युवाले चाहेको मोहम्मद युनिस प्रधानमन्त्री बने, तथापि बंगलादेशको स्थितिमा शान्ति आएको छैन । हसिनाका नेता कार्यकर्ता धेरै मारिए, धेरै भागे । अल्पसंख्यक हिन्दु मारिए, लुटिए, मन्दिर भत्काइए । आगजनी अझै भइरहेकै छन् ।
शेख हसिना र उनका छोराले बंगलादेशको घटना हुनुमा अमेरिका जिम्मेवार भनेर आरोप लगाएका छन् । अमेरिकाकै प्रभावका कारण मोदीले बहुमत पाएनन्, भारतका अनेक प्रान्तमा विद्रोह भइरहेको भनिन्छ । अब भारतले आइपिएसमा सहयोग नगरे बंगलादेशको असर भारतमा पर्नसक्ने देखिन्छ ।
२००६ मा नोबेल पुरस्कार विजेता मोहमद युनिस, दुई विद्यार्थी नेता, केही समाजसेवी तथा सामाजिक अभियन्ताहरूको सरकारले निर्वाचन गराएर प्रजातन्त्र पुर्नबहाली गराउने भनेका छन् । सक्लान् यिनले ?