Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

पुष्पकमलको नियति, जहा छोयो, त्यही बिबाद

डा.केशव देवकोटा

१० सोमबार , भाद्र २०८१३ महिना अगाडि

पुष्पकमलको नियति, जहा छोयो, त्यही बिबाद

राजनीति बिचारका आधारमा चल्छ । बिचार बिग्रेपछि ब्यवहार बिग्रन्छ र ब्यवहार बिग्रिएपछि सामाजिक प्रतिष्ठामा आँच आउँछ । नेपालको राष्ट्रिय राजनीतिमा हाल माओवादी केन्द्रका अध्यक्ष रहनु भएका पुष्पकमल दाहालको हकमा त्यस्तै देखिएको छ । रोचक कुरा के छभने उहाँले ०३८ देखि ०६३ सालसम्म भूमिगत रहँदा कल्याण, विश्वास, स्टालिन, निर्माण र प्रचण्ड लगायतका नामहरू फेर्नुभएको थियो । अन्तमा प्रचण्ड नामलाई स्थायित्व दिनु भयोभने उहाँले आफू नमरेसम्म नेपालमा उथलपुथल गरिरहने रणनीति पनि तयगर्नुभएको छ । सो रणनीति पूरागर्नका लागि अवसरवादलाई कार्यनीतिकारूपमा अगाडि सार्नुभएको छ । ०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएर राजनीतिक जीवनमा प्रबेश गर्नुभएका दाहालले ०३१ सालमा रामबहादुर थापा, मित्रमणि दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलहरूसँग मिलेर चितवनमा माक्र्सवादी अध्ययन समूह गठन गर्न‘भएको पाइन्छ । त्यहीँहीबाट उहाँ ०३४ सालमा त्यतिबेलाको सबैभन्दा ठूलो र शक्तिशाली नेकपा (चौथो महाधिवेशन) मा प्रवेश गरी ०३५ सालमा पूर्णकालीन कार्यकर्ता, ०३६ सालमा चितवन जिल्ला समिति सदस्य, ०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिवहुँदै ०४० सालमा सोही संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यही बीचमा नेपाली कांग्रेसबाट डा. बाबुराम भट्टराई पनि नेकपा (चौम) मा प्रबेश गर्नुभएको थियो । त्यसपछि ०३९÷०४० मै नेकपा(चौम)मा बिवाद सिर्जना भएर बिभाजन भएको थियो । जसमा त्यतिबेला छबिलाल दाहालका नामले चर्चित हालका पुष्पकमल दाहाल र डा. भट्टराईको प्रमुख भूमिका देखिएको थियो । त्यसपछि नेकपा (मशाल) बिभाजन गरेर मोटो र पातलो बनाउँदा पनि उहाँहरूकै भूमिका देखिएको थियो । ०४१ सालमा नेकपा (मसाल) को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका दाहाल ०४२ सालमा पोलिटब्युरो सदस्य, ०४६ सालमा महामन्त्री र ०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री बन्नुभएको थियो । ०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेश्रो विस्तारित बैठकबाट पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएको थियो । ०५२ सालदेखि शुरूभएको माओवादी जनयुद्धको नेतृत्व गर्न‘भएको थियो । सोहीक्रममा उहाँ ०५७ सालमा भएको दोश्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को अध्यक्ष हुनुभएको थियो । त्यसपछि ०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर घोषित हुनुभयो । ०६२ मंसिर सातगते भारतको नयाँ दिल्लीमा नेपालका नेकां र एमालेसहितका सात संसदवादी दलहरूसँग १२ बुँदे सहमति गरेर संसदीय राजनीतिमा प्रबेशगर्ने नाममा उहाँले १० बर्ष चलेको माओवादी जनयुद्धनै बिसर्जन गरिदिनु भएको थियो । त्यससँगै उहाँको संलग्नता नेपालमा खेलिरहेको इन्डो पश्चिमा शक्तिसँग प्रत्यक्ष जोडिन पुगेको थियो । ०६३ साल असार दुई गते प्रधानमन्त्रि निवास बालुवाटारमा पत्रकार सम्मेलनगरी नेकांका सभापति गिरिजाप्रसाद कोइरालासँग हात मिलाएर भूमिगत जीवनबाट सार्वजनिक हुनुभएका दाहाल अन्तराष्ट्रियरूपमा भारत, अमेरिका र युरोपीयन यूनियन र स्वदेशमा नेकां र एमालेसँग खेल्दै हालसम्म आइपुग्नु भएको छ । छिमेकी चीनलाई एक्ल्याउनेमा पनि उहाँको प्रमुख भूमिका रहेको मानिन्छ । उहाँ ०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७३ साल साउन १९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्तगरी दोश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ ०७९ पुस १० गते तेश्रो पटक प्रधानमन्त्रि भएर हाल प्रमुख प्रतिपक्षी दलको नेता हुनुभएको छ । तर उहाँले तत्कालीन माओवादीका ४० सूत्रीय माग पूरा गर्न÷गराउन प्रयाससमेत पनि गर्नु भएन । हाल उक्त मागको नामै लिन छाड्नु भएको छ । उहाँका कुनैबेला नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचना (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनालगायतका पुस्तक प्रकाशित भएका थिए । जुन हाल सन्दर्भहीन भैसकेका छन् । उहाँ ०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्रनं. दुईबाट निर्वाचित हुनुभएको थियो । संविधान सभाको दोश्रो निर्वाचन–०७० मा सिरहा क्षेत्र नं. पाँचबाट निर्वाचित हुनुभएको थियो । उहाँ ०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. तीन तथा ०७९ मंसिर चारको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं. दुईबाट निर्वाचित हुनुभएको थियो । ०६३ पछि उहाँका दुईवटा चाहना प्रकटरूपमा बाहिर आएका थिए । पहिलो नेपालको अशली मालिक भारतभन्ने र दोश्रो नेकपा कुनैपनि बेला बिघटन हुनसक्छभन्ने रहेका थिए । उहाँ आफू प्रधानमन्त्रिहुँदा जहिले पनि भारत पहिलोभन्ने नीति लिँदै आउनु भएको देखिन्थ्यो । त्यसैगरी ०७५ जेठ तीनगते उहाँले एमालेसँग पार्टी एकतागरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेर त्यसलाई ०७७ फागुन २३ गते बिघटन भएको घोषणा गर्नुभएको थियो । उहाँकै चाहनाअनुसार पूर्ब माओवादी नेता नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइएको थियोभने माओवादी केन्द्र सरकारबाट हटेपछि तत्कालीन एमालेको सरकारले नेकपामाथि लागेको प्रतिबन्ध हटाएको थियो । नेकपाको सरकार रहेकै अवस्थामा नेकपामाथि प्रतिबन्ध लागेको सो पहिलो घटना थियो । पुष्पकमल दाहालले जहाँ छोयो त्यही बिवाद हुनेगरेको छ । उहाँले जनयुद्ध सञ्चालन गर्नुभयो, त्यो पनि बीचैमा असफल भयो । ०६२ मंसिर सातगते उहाँले गर्नुभएको १२ बुँदे सहमति पनि सफल भएन । सो सहमतिमा उल्लेख भएका कुनैपनि बुँदाहरूको कार्यान्वयन भएन । त्यतिबेला सहमतिगर्ने सात संसदवादी दल छिन्नभिन्न भएर हाल नेकां र एमालेमात्र बाँकी रहेका छन्भने जनयुद्धकालीन माओवादी पनि छिन्नभिन्न भएर झण्डै आधा दर्जन समूहहरू बनेका छन् । ०६३ मंसिर पाँचगते गरेको शान्ति संझौता पनि असफल भएको छ । १८ बर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समेत नेकां र एमालेको सरकारले संसदका दुबै सदनबाट पारित गराएको छ । त्यसलाई पनि विदेशीले स्वागत गरेका छन् भने स्वदेशीले बिरोध गरेका छन् । ०७५ सालमा एमालेसँग पार्टी एकता गर्दा माओवाद भन्ने सिद्धान्त औपचारिकरूपमै परित्याग गरिएको थियो । एमालेसँग पार्टी एकता गर्दा सो पार्टीनै बिभाजित भयो । नेपाली कांग्रेससँग गठबन्धन गरेर उहाँले जनयुद्धकालीन आधार इलाका भनिएका क्षेत्रमा गएर नेकां र माओवादी केन्द्र भनेका उस्तै पार्टी हुन्भन्दै नेपाली कांग्रेसको रूख चिन्हमा मत माग्नुभएको थियो । चारतारे झण्डा र बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको तस्वीर मुनी बसेर नेकांको पक्षमा पुष्पकमलले गरेको प्रशंसा बिभिन्न सञ्चार माध्यमहरूले तस्वीर र भिडियो खिचेर राखेका छन् । आखिर नेकांलेनै एमालेसँग मिलेर दाहाललाई सत्ताच्युतगर्दै बर्तमान सरकार गठन ग¥यो । हाल उहाँको संलग्नता माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट बिभाजन भएको महिन्द्र राय यादव समूहसँग रहेको छ ।  माओवादी केन्द्रकासाथै उक्त तीनवटै समूहमा आन्तरिक बिवाद बढेर गएको छ । त्यसअघि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि दाहालले समाजवादी मोर्चामार्फत गोलबन्द गर्नुभएको थियो । सो मोर्चाबाट जसपा दाहाललाई नै आरोपितगर्दै अलग भैसकेको छ । हाल दाहाललाई आफ्नै पार्टी माओवादी केन्द्रको अध्यक्षबाट हटाउन जोरजुलुम भैरहेको छ । त्यसबाट जोगिन उहाँले एकातिर सडकदेखि सदनसम्म आन्दोलनगर्ने नारा दिनुभएको छभने अर्कातिर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएर त्यसैमा भएपनि आफ्नो पार्टीलाई सहभागी गराउने प्रयासगर्दै आउनु भएको छ । आफ्नो पार्टीलाई बिधि र पद्धतिअनुसार चल्न नदिने तर अरूका पार्टीमा खेल्दै हिड्ने उहाँको बानीलेगर्दा माओवादी केन्द्रका कतिपय नेता तथा कार्यकर्ता समेत हैरान भएका छन् । जनयुद्धको नेतृत्वकर्तामध्ये डा. भट्टराईले कम्युनिष्ट राजनीति र पार्टी दुबै छाड्नुकासाथै गत बर्षनै आगामी १५ बर्षमा नेपालमा कुनैपनि कम्युनिष्ट पार्टी नरहने घोषणा गर्नुभएको थियो । दाहाललेभने कम्युनिष्ट राजनीतिलाई बिथोलेर त्यसैका लागि वातावरण बनाउँदै गरेको देखिएको छ । यो नेपाल र नेपालीका लागि ठूलो बिडम्बनाको बिषय हो ।