Advertisement Banner
Advertisement Banner

०२ बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

बहिनीलाई दाजुको स्वागत

०६ बिहिबार , भाद्र २०८१एक महिना अगाडि

बहिनीलाई दाजुको स्वागत

विजय चौथाइवाले, जसले भाजपा विदेश विभाग प्रमुख, जसले परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमण सफल बनाइदिए । विजय डा.आरजुले राखी बाँधेका भाइ पनि हुन् । विजयले परराष्ट्रमन्त्री नियुक्त भएको र भारत भ्रमणमा आएकोमा बधाई र स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्रीले भारतका प्रधानमन्त्री, विदेशमन्त्रीसँग भेटवार्ता गरेर चिसो सम्बन्धलाई सुधार गर्ने प्रयास गरेकी छिन् । महाकाली सन्धि र पञ्चेश्वर आयोजनाको विषयमा वार्ता गरेकी छिन् । हो, उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले खाएको विषयमा कुरा गरे नगरेको साइँसुई सुनिदैन ।
भारतले छिमेकी फस्ट भनेर दोहो¥याएको केही समयमै नेपालकी परराष्ट्रमन्त्री दिल्ली गएकी थिइन् । उनलाई भारतले रेड कार्पेट स्वागत मात्र गरेन, सम्मानित व्यवहारसमेत देखाएको छ ।
भारतलाई सधैं सम्मान गर्ने नेपाललाई भारतले सम्मान गरेर सम्बन्ध सुधारको संकेत गरेको छ । अब दुबै मुलुकवीचका सीमालगायतका समस्या समाधानमा भारत अग्रसर भए सबै छिमेकीसँग सम्बन्ध बिगारेको भारतको छवि उजिलिन थाल्नेथियो ।