सुरेशकुमार पाण्डे - - -
अहिले ७६ वर्षीय शेख हसिनाको सरकार पतन भएपछि बंग्लादेशमा सबै उलटपुलट हुँदैछ ।
प्रम शेख हसिना भागेपछि राष्ट्रपति त्यहाँका राष्ट्रपतिले उन्को कटर प्रतिद्वन्दी मानिने ७८ वर्षीय बेगम खालिदा जियाको रिहाईको आदेश जारिगरेका छन् । उनलाई सरकारले जेलमा राखेको थियो ।
युवाको माग अनुसार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका छन् । ८४वर्षीय युनुस शान्ति सुरक्षा प्रवन्ध गर्दैछन् । बंग्लादेशमा उनले जब किसानहरूलाई बैंकले ऋण दिंदैनथ्यो त्योवेला माइक्रोफाइनान्सको अबधारण अगाडी सारे र किसानहरूलाई ऋणको सुबिधाका लागि सुरूगरेका थिए । उनैले १९८३ मा गरामिण बैंक स्थापना गराएका हुन । प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर भारतमा निर्वासित जीवन बिताउन थालेकी छिन् ।
त्यहाँ बिगतमा झैँ फेरी सैनिक कु जस्तै अबस्था सिर्जित भएको थियो ।
सन् १९७१ मा पूर्वि पाकिस्तानबाट छुट्टिएर अस्तित्वमा आएको बांग्लादेशमा त्यो वेलाका स्वतन्त्रताको लागि शंघर्ष गरेकाहरूको आफन्तहरूलाई ३०% सरकारी नोकरीमा कोटाको व्यबस्था गरिएको छ । त्यहाँका विध्यार्थिहरूले त्यो आरक्षित कोटा शेख हसिना वा उनिहरूको पार्टीले आफ्ना आसेपासे र बफादारहरूलाई दिंदैआएका छन् भन्ने आरोप लगाउँदै आएकाछन् । त्यही बिवादित् कोटा सिस्टमको बिरूद्धमा चलेको आन्दोलनमा तिन सय जनाले ज्यान गुमाएको समाचार छ ।
सुरूमा यो प्रोटेस्ट सिविल सेवामा कोटाको खिलाफ बिरोध प्रदर्शन सुरू भयो । बिस्तारै आन्दोलन् सरकार बिरोधी रूप लिंदैगयो । त्यसपछि पीएमको राजिनामाको माग सुरू भयो । १६ जुलाइको प्रदर्शकारी र सरकारको बिचमा भयानक झड्प भयो । त्यसलाई देखेर जुलाई महिनाको २० गते सरकारले राष्ट्र व्यापी कर्फू लगायो । देशभरी सैनालाई तैनात गरियो । त्यो बिवादित् कोटालाई संशोधन गर्ने भनियो । तरपनि प्रदर्शन रोकिएन । प्रदर्शनकारिहरूलाई व्यापक गिरफ्तार गरियो उनिहरूको नेट सेवा बन्द गरियो । त्यही दौरान यूएनको तर्फबाट बांग्लादेशको सरकारलाई आन्दोलनकारी माथि दमन नगर्न र सञ्चार चालु राख्न पत्र जारीगर्यो । त्यसपछि व्यापक आन्दोलन भयो । जनाक्रोश बढ्दै गएपछि उन्ले आफ्नो पदबाट राजिनामा दिएर समर्थक, परिवारसहित भारततिर फरार भएकी हुन ।
बास्तबमा शेखहसिनालाई भारतीय समर्थकको रूपमा पनि त्यहाँका जनताले हेर्दै आएका छन् । उनको भारत सँग भने राम्रो सम्वन्ध रहंदै आएको छ ।
उनि यूरोपमै बसिन जतिवेला उन्को बाबा र भाइहरूको हत्या हुने ताक पनि । बांग्लादेशको आजादी पछि सन् १९७५ मा सेनाले बगावत गर्यो र उन्का पिता मुजीबउर रहमान आमा र तिन भाई समेतको हत्या गरेका थिए ।
यूरोपबाट आएपछि उनी करिब ६ वर्ष जती भारतको दिल्लीमा बसिन । सन् १९८१ मा उनि आफ्नो देश बांग्लादेश पुगिन । सन् १९८६ को आम निर्वाचनमा हार भयो । तर उन्ले वर्ष १९९६ मा भारि बहुमत हासिल गरेर सरकारमा पुगिन् । २००१ मा फेरि हारिन् । २००९मा दोस्रो पटक देशको पीएम बनिन् र २०१४मा तेस्रो पल्ट २०१८ मा पनि उनले चुनाव जितेर पीएम बनिन् ।
सन् २०२४ मा उन्को पार्टी अवामी लीग र साझेदार दलहरूले ३०० मध्य २२३ सिटमा जीत हासिल गरेर उनि प्रधानमन्त्री भएकी हुन । बांग्लादेशको मुख्य विपक्ष दलले चुनावलाई स्वाङ् भनेर बहिस्कार गरेको थियो ।
बंग्लादेश सुरू देखिनै बिवादित रहँदै आएको देखिन्छ । स्थापनाकाल पछि सन् १९७५ मै सैनिक कु भयो र त्यसपछि लामू समय सम्म त्यहाँका जनताले आन्दोलन गर्नुपर्यो ।बल्ल तल्ल सन् १९९० मा प्रजातन्त्रमा प्रवेश हुनसक्यो । हत्या र हिंशा अनि सैनिकहरूले कब्जा जमाउँदै आएको बंग्लादेशमा सेना हावी छ ।
भारतमा स्वतन्त्रताका लागि लामू शङ्घर्ष भयो । त्यही द्वौरान अंग्रेजहरूले भारतियहरूलाई धर्म र जातको रूपमा बिभाजन गरेर सत्ता चलाइ रहे ।तर पछि जब भारत सन् १९४७ मा आजाद भयो ठिक त्यहीवेला भारतबाट पाकिस्तान छुट्यियो ।त्यही रिसमा पूर्वी पाकिस्तानबाट सनं १९७१ मा भारतीय कांग्रेस आई कि नेता प्रधानमन्त्री इन्दिरा गान्धीकै रोहबरमा पूर्वी पाकिस्तानबाट बंग्लादेश बन्यो ।
यसरी जातीय राजनीतिले एउटा देशलाई तिन टुक्रामा बिभाजित बनाएको हो । तर पनि जातिय लडाइ अंझै सेलाएको छैन् । खास गरेर भारतको नजरमा छिमेकी देशहरू उस्का अधिनस्त हुनुपर्छ भन्ने छ । जस्तै श्रीलंका, भुटान, नेपाल र बंग्लादेश । पाकिस्तान त झन् उसले दुश्मन नै देख्छ ।
जहाँ पनि जस्को हातमा देशको लगाम पुग्यो त्यो बेकाबु हुनेरहेछ । बंग्लादेशकी प्रधानमन्त्री स्वायम एक प्रकारको तानाशाह भन्ने अभ्यासमा देश नै छाड्नु परेको यो तथ्यबाट यी नेताको पनि घैंटामा घाम लाग्नुपर्छ ।
अहिलेको बंग्लादेशको सरकारको हालातबाट छिमेकमा रहेका हामीहरूले केही ज्ञानप्राप्त गर्ने की ? अंझैपनि अज्ञानी बनेर कुम्भकर्णको निद्रामा सुतिरहने ? समयमै शिक्षा लिएर गणतन्त्रलाई जोगाउन र देशलाई बलियो बनाउन सबैको हातेमालो हुनैपर्छ । तर देशको नेतृत्व लायक र सक्षम हुनसकेको छैन । शेख हसिनाले सोंचेको जस्तै आफ्ना आसे पासे र गासेहरूकै हालिमोहाली गराउन खोज्ने हो भने यिनैको पनि दिन उस्तै न आउलान् भन्न सकिदैन् । होसियार ।