आज बस्ने नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाडामा बस्ने बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको हो ।
गत शुक्रबारदेखि जारी बैठकमा विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले आफ्ना धारणा राखेका थिए । आफ्नो धारणा राख्ने क्रममा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले नेतृत्वको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा स्थायी समितिका सदस्यहरूले पार्टीले व्यहोरिरहेको समस्या र त्यसको समाधानमा केन्द्रित रहेर आफ्ना धारणा राखेका थिए भने पार्टी अध्यक्षले स्थायी समिति सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको बताईएको छ ।