Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

स्थानीय तहका रिक्त पदमा मङ्सिरमा उपनिर्वाचन

२९ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

स्थानीय तहका रिक्त पदमा मङ्सिरमा उपनिर्वाचन

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच भएको छलफलमा उक्त सुझाव दिएको हो । 

हिँजो सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थानीय तहका ३४ रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको हो । छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने बताएको थियो ।

उपनिर्वाचनका लागि प्रधानमन्त्री ओलीले जाडो समय अगावै निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेको बताईएको छ । यता, उपनिर्वाचनको मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।