पूर्वराजा देशको भार उठाउने कुरा गर्छन्, शारीरिक, मानसिक मार र पारिवारिक भारबाट थिचिन्छन् । जनता र राजावीच विश्वासको सम्बन्ध छ । तर देशी विदेशी स्वार्थीहरूबाट भय पनि छ । बाहिर ननिस्कदा पुर्षाको सराप, निस्कदा ज्यानको धराप ? कस्तो धर्मसङ्कट ?
१७ वर्षदेखि देशको बेथितिमा ‘मलाई दुःखी तुल्याएको छ’ भन्नुबाहेक पूर्व राजाले के गर्ने ? जनताको चाहना छ, बिद्रोह देखिदैन । सन्तान त वीरका हुन्, चक्रव्यूहमा पसेपछि फसिन्छ भन्ने वोध भएरै अभिमन्यूको नियति भोग्न तैयार नभएका हुनसक्छन् । चक्रव्यूह तोड्ने तोड श्रीकृष्ण र अर्जुनमा मात्र थियो । नेपालका सन्दर्भमा न श्रीकृष्ण कतै देखिन्छन्, न अर्जुन भेटिन्छन् !