Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बीआरआईको चर्चा सगै लुम्बिनीमा बीआरआई इन्ल्फुयन्स

१५ मंगलबार , श्रावण २०८१४ महिना अगाडि

बीआरआईको चर्चा सगै लुम्बिनीमा बीआरआई इन्ल्फुयन्स

पोखरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका भ्रष्टाचार र लुम्बिनीको चिनियाँ गुम्बाले गरेको अतिक्रमण अनियमितता बारे उठेको आवाज र उजुरी दबाउन चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग सम्मका हाइप्रोफाइल व्यक्तिको नेपाल भ्रमण भइरहेका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणाले बीआरआई एमसीसीकै मोडलमा लान सकिने, गम्भीर बहस नगरी कार्यान्वयनमा नलाने भनेपछि चीनको मनमा चिसो पसेको छ ।
यता सत्ताको अगुवा एमाले र सहयोगी कांग्रेसवीच यही विषयले मनमुटाव बढ्न थालेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल ः एशियाली विकास बैंकको ३७ मिलियन डलर र ओपेकको ११ मिलियन डलर ऋणमा चिनियाँ ठेकेदारमार्फत बनेको गौतम बुद्ध विमानस्थल ऋणमा डुबेको छ । यसको १.५ प्रतिशत ब्याज तिर्न नेपालले हारगुहार थालिसकेको छ । भारतले हवाई रूट दिएको छैन, ऋण लगानी अलपत्र छ । चीनकै ऋणमा बनेको पोखरा एयरपोर्ट चल्न सकेको छैन, ऋणको चाप बढेको छ ।
केही समयअघि बीआरआईको १० औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी भएदेखि लुम्बिनीमा चीनको बीआरआईको कार्यालय पनि शुभारम्भ भएको छ । तर त्यो शुभारम्भ शुभ समाचार बन्ला र ?
चिनियाँ बौद्ध भिक्षुयात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको थियो । भारो पश्चिमा दबाबका कारण चीनको ध्यो धारणा तुहिनसक्नेछ ।
यसअघिको प्रम प्रचण्डको मान्यता थियो– ‘सरकारले चीन भ्रमणमा पनि बीआरआई कार्यान्वयनमा जोड दिइएको छ,’ ‘व्यापार, मुलुकहरूबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्वपत्र्ण हुनेछ ।’ बीआरआर्ई परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो ।
सत्ता परिवर्तन भयो, कांग्रेस बीआरआईको ऋणभन्दा अनुदान भएमात्र अघि बढ्ने कुरा उछाल्न थालेको छ ।
क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना बीआरआईको छ । सो कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्करोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नैपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । प्रचण्ड सरकार नै परिवर्तन भएकाले यिनलाई पनि हटाइने पक्का छ । बीआरआई के होला भन्न सकिन्न ।
लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दर्शनको प्रवद्र्धन र अनुशरणमा विश्वले काम गर्नुपर्ने बताएका छन् । भियतनामी टेम्पलका प्रमुख डा. लामाले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताएका छन् ।
लुम्बिनीमा चिनियाँ लगानीकर्ताको चासो बढेको छ । एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्षले जानकारी दिएका छन् । चिनियाँ व्यवसायीले होटल, सिमेन्ट, खाद्यान्न, सौर्य ऊर्जा र विद्युतीय सामग्री उत्पादनमा लगानी बढाएको छ ।
चीनको औद्योगिक संगठन वान बेल्ट वान रोड इन्टरनेसनल ट्रेड प्लेटफर्म अफ सिआइसी म्युचल ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनीमा आवद्ध व्यवसायी लगायत विभिन्न संस्थाका व्यवसायी यो क्षेत्रको अध्ययन भ्रमण गरिसकेका छन् । अनेक टोली भ्रमण गर्दै पनि छन् । बीआरआई संकटमा पर्न थालेपछि चीनले नेपाल भ्रमणमा अनेक टोली पठाउने छ । चिनियाँ टोलीले लुम्बिनीमा सुविधासम्पन्न पाँचतारे होटल खोल्ने भएको छ ।
संसारभरका र चिनियाँ बौद्धमार्गीको आगमन बढ्ने प्रचार भएको छ । 
नेपाली सीमा केरूङ नजिकै सिगात्सेसम्म आउन लागेको रेल लुम्बिनी ल्याउन चीन इच्छुक छ । चिनियाँ लगानी आकर्षित गर्न सके औद्योगिक विकासले फड्को मार्ने चीनको प्रचार छ ।
चीनसँग जोडिएको मुस्ताङको कोरला नाका र भारतसँग जोडिएको बेलहिया नाका जोड्ने सडक विकासको सेतु हुनसक्ने बताइन्छ । रणनीतिक दृष्टिकोणले पनि यस क्षेत्रमा लगानी बढाउन चिनियाँ इच्छुक छ ।
भिक्षु महासंघका निग्रोध महाथेरले कैयौं बौद्ध दार्शनिकहरू सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेकाले बिआरआई परियोजनामार्फत विकास हुनुपर्ने बताउँछन् । लुम्ब्निीस्थित चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको र चहलपहल बढाएकोमा आलोचना बढेको छ । 
चिनियाँ धार्मिक तथा साँस्कृतिक संगठनका महासचिव हान सोङको लुम्बिनी भिजिटलाई संशयपूर्ण मान्दै भनिन्छ, कुनै धर्म नै नमान्ने कम्युनिष्ट पार्टीले नेपालमा धार्मिक बढाउनुचासो आश्चर्यपूर्ण छ । कम्युनिष्ट चीन नेपालमा आर्थिक एवम् साँस्कृतिक प्रभाव विस्तार गर्न बौद्ध धर्मको उपयोग गरिरहेको त छैन भन्ने प्रश्न छ ?    – डा.विनिता