Advertisement Banner
Advertisement Banner

२९ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

वीपी कोइरालालाई चिठी दिपेन्द्र सिंखडा

१५ मंगलबार , श्रावण २०८१एक बर्ष अगाडि

वीपी कोइरालालाई चिठी
दिपेन्द्र सिंखडा

वि.पी तपाइँ “राष्ट्रियता” भन्नु हुन्थ्यो,
मैले त्यहि भएर “राष्ट्रियता”को सुत्र घोकें,
आफ्नै छात्तिमा “राष्ट्रियता” खोजें,
आदर्श सिद्धान्त बोकेको पार्टी “कांग्रेस” रोजे्र 
          तर;
वि.पी! मलाइ दुःख लाग्छ, कसरि भनौ तपाइले भन्नु भएको राष्ट्रियता आज कतै पाईदैन्र । नेपाली काँग्रेस भित्र बाघको छालामा स्यालको दाइँ भएको छ, अनि राष्ट्रियता खुम्चेको छ्र काँग्रेस भित्र वडा देखि केन्द्र सम्म राजनीतिक वैश्यकरण गर्नेको बाहुल्यता देखिएको छ्र भन्नु होस् अब कसरि राष्ट्रियता जोगिएला ?
वि.पी ! तपाइँ “प्रजातन्त्र” भन्नु हुन्थ्यो,
मैले त्यहि भएर “प्रजातन्त्र”को सुत्र घोकें,
आफ्नै छात्तिमा “प्रजातन्त्र” खोजें
“आदर्श सिद्धान्त” बोकेको पार्टी “काँग्रेस” रोजें ्र 
           तर;
वि.पी मलाइ दुःख लाग्छ ! कसरि भनौ ? तपाईले भन्नु भएको प्रजातन्त्र कतै पाईदैन्र नेपाली काँग्रेस भित्र व्यक्ति तन्त्र मौलाएको छ, प्रजातन्त्र खुम्चेको छ्र असल मान्छे चुन्ने परम्परा बिलाएको छ, धनबाद र डनबादले प्रजातन्त्र खाएको छ । 
वि.पी तपाइँ “समाजबाद” भन्नु हुन्थ्यो,
मैले त्यहि भएर “समाजबाद”को सुत्र घोकें,
आफ्नै छात्तिमा समाजबाद खोजें,
“आदर्श सिद्धान्त” बोकेको पार्टी “काँग्रेस” रोजें्र
  तर;
वि.पी ! मलाई दुःख लाग्छ, कसरि भनौ ? तपाईले भन्नु भएको समाजबाद आज कतै पाईदैन गरिब–निमुखाको ताउलो चल्दैन्र देशमा कतै कलकारखाना बन्दैन, देशका युबा–युवतीले खाडीका दोकान भरिए, युरोप–अमेरिकाको शहर भरिए्र कोहि आँफै गए, कोहिलाई शरणार्थी बानाइएर गए्र जनता सुके–भ्रष्ट्र नेता फुके्र सिद्धान्तमा समाजबादी, व्यबहारमा धोकाधाड़ी्र आज काँग्रेस भित्र तिनै धोकाधाड़ीहरूको भएको छ हालीमुहाली ्र 
वि.पी ! तपाइँ देशको मायाले “काँग्रेस“ भन्नु हुन्थ्यो, 
म पनि  त्यही भएर “काँग्रेस” भन्न थाले,
आफ्नै छात्ती भित्र “काँग्रेस” खोजे,
आदर्श सिद्धान्त बोकेको पार्टी “काँग्रेस” रोजें्र
 तर;
वि.पी तपाइले भन्नु भएको काँग्रेस आज कतै पाईदैन्र पाईन्छ त केवल काँग्रेसको सिद्धान्त नबुझेका, देश चुस्ने जुका्र आज तिनै जुकाहरूको हालीमुहाली छ काँग्रेस भित्र्र ।