Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

को बलियो– शेर कि राम?

१० सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

सुशील कोइरालाको अवसानपछि नेतृत्वमा पुग्ने ढोका खुल्यो भनेर खुशी हुने कोइरालाइतरका बरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक अध्यक्ष रामचन्द्र पौडेलकावीच कडा टक्करको स्थिति सिर्जना हुनपुगेको छ।  दुबै नेता पार्टी अध्यक्ष मै हुन्छु भनेर कम्मर कसेका छन्। यो देखेर पार्टीभित्र ठूलै हंगामा खडा भएको छ। अर्जुननर्सिङ केसीदेखि खुमबहादुर खड्कासम्म एकजना अध्यक्ष र अर्का संसदीय दलको नेताका रुपमा वेटिङ प्रधानमन्त्री बन्ने हो भने पार्टी एक भएको सन्देश जान्छ भनिरहेका छन्। तर दुबै नेता टसमस गर्ने पक्षमा देखिएका छैनन्।

चंख शेरवहादुर देउवा सुजाता, शेखर र वीपीपुत्र सशांकलाई उपाध्यक्ष, सदस्य र महामन्त्री दिएर कोइरालाको बिरासत थाम्ने प्रयास गरिरहेका छन्। त्यसो भयो भने आफ्नो हातमा पार्टी कमाण्ड आउने उनको विश्वास छ। तर कांग्रेसलाई बुझ्नेहरु भन्छन्– कोइरालाका कान्छो नेतृत्वले पुग्दैन, खुमबहादुर खड्काले जसलाई समर्थन गर्छन्, उही सभापति हुनेछन्। स्मरणीय के छ भने खुमबहादुर खड्का पार्टी चुनावकै लागि दिल्लीमा उपचार गर्दागर्दै फर्केका छन् र स्थितिलाई आफ्नो मुठ्ठीमा पार्ने प्रयास गरिरहेका छन्। कांग्रेसमा भाले भिडन्त हुनेवाला छ। को बलियो? शेर कि राम? यही प्रश्नले कांग्रेसभित्र, कांग्रेसबाहिरका राजनीतिक पार्टी र विदेशका समाजवादीहरुलाई समेत उत्सुकता बढाउादै लगेको पाइन्छ। यी दुबैले युवा नेतृत्व चयन गरेर पार्टीको शीर्ष स्थान लिनुपर्छ भन्ने आवाज पनि उठेको छ तर यी दुबै नेता कुनै आवाज सुन्ने पक्षमा देखिदैनन्।