Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रास्वपाका नेताहरू : के हो मनरो डक्ट्रिन

०९ बुधबार , श्रावण २०८१३ महिना अगाडि

रास्वपाका नेताहरू : के हो मनरो डक्ट्रिन

रास्वपाका डा.स्वर्णिम वाग्लेका अनुसार ‘नेपाल भारतको मनरो डक्ट्रिनभित्र पर्छ, सहजै स्वीकार्नुपर्छ ।’ के हो मनरो डक्ट्रिन ?
सन १८२० तिर अमेरिकी राष्ट्रपति मनरोले छिमेकी देश क्यानडा, मेक्सिको, क्यारेबियनका सबै मुलुकहरू अनेरिकी एकाधिरका हुनपर्ने भन्ने हो । यसको अर्थ रास्वपाको नीति नै यही हो कि भन्ने अनेक अड्कल चलिरहेका छन् ।
नेपाल सधैं इण्डियन डक्ट्रिनबाट त्रसित छ । ०३७ साल, ०४६ साल, ०६३ सालको परिवर्तन, ०५८ मा दरवार हत्णकाण्ड र ०६५ मा राजतन्त्रको अन्त्यको अन्तर्य पनि इण्डियन डक्ट्रिन नै थियो । एकपटक त गुजराल डक्ट्रिनको पनि चर्चा थियो ।
यतिबेला मोदी डक्ट्रिन चलिरहेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा सबै भारतले नक्सामा हालिसक्यो । ६२ भन्दा बढी सीमामा अतिक्रमण गरिसकेको छ । अब स्वर्णिम वाग्लेजस्ता होनहार नेताहरू नेपालै भारतीय छातामुनी राख्नुपर्छ भन्न थालेका छन् । यति हुँदा पनि संसद, सरकार, सडक, पार्टी, नागरिक समाज, बुद्धिजीवी फाँट कतै पनि स्वराजका कुरा सुनिदैन । अचम्म छ ।
के नेपाललाई भारतको हिल्ला लगाउनै खोजेका हुन् त ? जनता सजग हौं । जनता सजग नभए देश संक्रमणबाट संकट उन्मुख हुनथाल्ने देखिन्छ ।