माओवादी र एमालेको रामकहानी, अजब नेपाल काशी काश्मिरजस्तै छ ।
माओवादी र एमाले, अर्थात प्रचण्ड र केपी ओलीलाई कसले जुटायो, कसले फुटायो, आश्चर्य छ । माओवादीलाई बोकेको कांग्रेसले किन बीचैमा फालेर एमालेसँग मिल्न गयो, यो पनि आश्चर्य नै छ । कसैले उत्तर, कसैले दक्षिणतिर शंका गरेका छन्, परराष्ट्र मन्त्री बनेकी आरजु देउवातिर हेरेर पश्चिमले गठबन्धन फेरेको तर्क पनि गर्छन् ।
त्रिविको जग्गा, ललिता निवासको जग्गा खोज्न थालियो, संलग्नहरू डराए । भुटानी शरणार्थी र गिरिबन्धु काण्डमा मुछिएका अर्का समूह तर्सिए । बाँसवारी र बालमन्दिरका जग्गाका फाइल खुल्नासाथ अर्काथरिको सातोपुत्लो उड्यो । यसपछि देउवा र ओलीले प्रचण्डलाई थाङ्नामा सुताइदिए । पहिलो र दोस्रो दललाई जुटाइदिए । यो बर्गभित्र भारो पश्चिमाले उत्तरलाई सबक सिकाए ।
सत्ताबाट पाहा पछारिएझैं पछारिएका प्रचण्ड भन्छन्– जनताले आफ्नो शक्ति नदेखाए, शासन फेरि माफियाको हातमा जाने खतरा दखियो । हुन त प्रचण्डको पछिल्लो १९ महिने शासन पनि माफियाकरणकै अर्को अध्याय हो । प्रश्न यत्ति छ, उनले सर्वहाराको हकहित रक्षा गर्न सकेनन्, आफै नयाँ सम्भ्रान्त बन्नपुगे । जो सम्भ्रान्त थिए, तिनले अब आफ्नो शक्ति देखाउनु स्वभाविक हुनेछ । यतिबेला प्रधानमन्त्री र परराष्ट्र मन्त्री ओली र डा.आरजु राणालाई प्रश्न सोध्नुपर्छ । संसदबाट पारित भएको र संविधानमा टाँसिएको चुच्चे नक्साको हालत के छ ?
परराष्ट्र मन्त्री बनेकी आरजुले जवाफ दिनुपर्छ– लिपुलेक, लिम्पियाधुरा, कालापानीको हकाधिकार नेपालले कहिले पाउँछ ? कसरी पाउँछ ? भुटानी शरणार्थी बनाएर नागरिक निकासी गर्ने कार्यमाथि दण्ड हुन्छ कि हुन्न ? साझेदार मञ्जु खाणले माफी पाउँछिन कि पक्राउ पर्छिन् । सार्क सम्मेलन के भइरहेको छ ?
आलटाल गर्ने हो भने ओली र आरजु अर्थात एमाले र कांग्रेसप्रति जनतामा आक्रोश झन बढेर जानेछ । मिसन ०८४ सम्म यो गठबन्धन टिक्ने होइन, दुई महिनामै धुजा धुजा त हुँदैन ?