Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

दिल्लीमै ओलीको उन्माद किन नि?

१० सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

फागुन १० गते, नयाँदिल्लीस्थित नेपाली दूतावासमा ओली जिन्दावाद, ओली सरकारले हतियार बिना नै युद्ध जित्यो भन्ने उद्घोष गराएर प्रधानमन्त्री ओलीले के नाटक गरेको हो त्यो? परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेतसमेत भएको सभामा जनमोर्चाका हीरासिंह चन्दले चर्को कुरा गरिहाले– आवाजको हतियारले युद्ध जितियो। प्रधानमन्त्री र उनकी पत्नी राधिका मुसुमुसु हाँसेको देखियो। यो कार्यक्रम विभिन्न नेपाली संस्थाहरुले गरेका थिए, राजदूत कार्यक्रमका नायक थिए। भारतको आतिथ्य मनग्गे खाएर यतिसारो बान्ता गरिहाल्नु अपरिपक्वता हो भन्ने टिप्पणी दिल्लीदेखि काठमाडौंसम्म सुनिएको छ। प्रधानमन्त्री र मन्त्रीले त्यसरी छाडा बोल्न दिनुहुन्नथ्यो। केपी ओली जिन्दावाद भन्दै भारतको अपमान गर्दा चुप लागेर बस्नुहुन्नथ्यो। ओली साँच्चै हास्यपात्र बनेका छन् यस घटनाले। यो घटनाले सम्बन्ध सुधारे भन्ने ओलीको फुइँकी दिल्लीमै झर्‍यामझुरुम हुनगयो।