Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जंगलबाट सत्ता, सत्ताबाट सडक

०८ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

जंगलबाट सत्ता, सत्ताबाट सडक

९ वर्षपछि प्रचण्ड सत्ताबाट सडकमा पुगेका छन् । पछिल्लोपल्ट कांग्रेसका सभापति पतिपत्नी ३ घण्टा असार १७ गते ओलि निवासमा बसेर फर्केपछि प्रचण्डको सत्ता ढलेको थियो । उनले असार २८ गते विश्वासको मत माग्दा संसदले उनलाई विश्वास दिएन । उनको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० गरी जम्मा ६३ सांसदको मात्र मत पाए । विपक्षमा १९४ सांसदको मत प¥यो । प्रचण्डले विश्वासको मत लिनुको मुख्य उद्देश्य ओलीलाई रोक्नु र कांग्रेसको पोल्टामा सत्ता पु¥याउनु थियो, तर कांग्रेसका सभापतिले ओलीलाई नै समर्थन गरेर राष्ट्रपति गुहारेका थिए ।
म उथलपुथल गरिरहन्छु भन्ने प्रचण्डलाई ओलीले मात दिएका छन् । प्रचण्डले पनि सँगै स्वर्ग वा नरक जाने वाचा गरेर धोका दिएको आरोप लगाएका छन् । पाखामा पछारिएपछि प्रचण्डलाई स्वर्ग नरकको सम्झना आएको देखियो । 
प्रचण्डले दुई खेल सुरू गरेका छन्, पहिलो समाजवादी मोर्चा ब्यूँताएर पुराना साथीहरूलाई एकढिक्का पार्ने । अर्को अदालतबाट ओलीको सत्ता ढालिदिने । तर बाबुराम नै आक्रामक भइरहेका छन्, एक्लो विप्लवले केही हुनेवाला देखिदैन । कानुनविदहरूका अनुसार पनि यो गठबन्धनबिपरित फैसला नआउन सक्छ ।
अब सत्ताको खेल सकिएको र संसदमा विपक्षी बन्नु परेपछि प्रचण्डको दैनिकी खुमलटार निवासमै कार्यकर्ता, नेता भेटेर दिन बिताइरहेका छन् । विश्लेषकहरू भन्छन्– अब माओवादीको राजनीतिको ओह्रालो यात्रा सुरू भएको छ ।
९ वर्षपछि सडकमा पुग्दा सर्वहाराका लागि के गरियो जस्तो लाग्यो होला ?