कर्णाली प्रदेश सरकारबाट माओवादी मन्त्रीहरुले राजिनामा दिएका छन् । केन्द्रमा काँग्रेस र एमालेबीच गठबन्धन गरेर सरकार बनेसँगै माओवादी मन्त्रीहरुले राजिनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।
कर्णाली प्रदेश सरकारका ४ जना माओवादी मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउने मन्त्रीहरुमा महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावत रहेका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलको सरकारमा सहभागी केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।