Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

०७ सोमबार , श्रावण २०८१२ महिना अगाडि

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री महराले आईतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

अल्पमतमा परेका मुख्यमन्त्री महराले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।     
प्रदेश प्रमुखको कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै साउन ७ गते सोमबार बेलुका साढे ६ बजेसम्मको समयसिमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेशमा केन्द्रमा फेरिएको नयाँ समिकरण अनुसार ३ महिनामा माओवादी नेतृत्वको सरकार ढलेर नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ ।