Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म धार्मिक पदयात्रा

०७ सोमबार , श्रावण २०८१२ महिना अगाडि

राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म धार्मिक पदयात्रा

आज राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गर्ने भएको छ । राप्रपाले दिउँसो सवा १२ पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गर्ने भएको हो ।

राप्रपाले साउन महिनाको पहिलो सोमबार पारेर मैतीदेवी मन्दिर पुरानो बानेश्वर-बत्तीसपुतली-गौशाला हुँदै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गर्न लागिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठ नेपालले सनातन धर्म संस्कृति संगठनको आयोजनामा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि जनदबाब सिर्जना गर्न, हिन्दुत्वको प्रवर्द्धन गर्न, आपसी एकता, सद्भाव र मेलमिलापको भावना विकास गर्न धार्मिक पदयात्रा गर्न लागिएको समेत बताएका छन् ।

दिउसो सवा १२ बजेबाट सुरु हाने पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू, धार्मिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, धार्मिक संघसंस्थाहरुको सहभागिता रहने पनि प्रवक्ता श्रेष्ठको भनाई रहेको छ ।