Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री ओलीले १ बजे विश्वासको मत लिँदै

०६ आइतबार , श्रावण २०८१३ महिना अगाडि

प्रधानमन्त्री ओलीले १ बजे विश्वासको मत लिँदै

आज संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

नेपाली काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।

प्रतिनिधि सभाको २७५ सदस्यीयबाट विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई कम्तिमा १३८ सांसदको समर्थन आवश्यक पर्छ । यता नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ ।

प्रधानमन्त्री ओली सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेकाले उनलाई विश्वास प्राप्त गर्न काँग्रेसको ८८ र एमालेको ७९ सांसदकै समर्थन पर्याप्त हुनेछ भने उनलाई अन्य दलहरुले पनि समर्थन गर्ने बताईएको छ ।