Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

०३ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

गत हप्ता असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहि साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले संघीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तयारी गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली नेपालको संविधानको धारा ७६ (२) अनुसार गत असार ३० गते चौँथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेको बताईएको छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले साउन ६ गते बिस्वासको मत लिन लागेका हुन् ।