Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

सरकार कि देश ढालियो ?

०२ बुधबार , श्रावण २०८१२ महिना अगाडि

सरकार कि देश ढालियो ?

काठमाडौं । देशमा बाढी पहिरोले जनता मरिरहेका छन्, सिङ्गो राजनीतिक र प्रशासन जगत कोही प्रचण्ड निवासतिर, धेरैजसो ओली निवासतिर दौडादौड गरिरहेका देखिए । नयाँ नियुक्त भएका राजदूतहरूसमेत चाकरीमा पुगेका थिए ।
जनता मरिरहेका बेलामा जनतालाई राहत दिन, जनतालाई सहारा दिन सांसद, सरकार, कार्यकर्ता, नेता जाने कि सत्ता र शक्तिको चाकरी गर्न दौडने ?
यो कांग्रेस एमालेको अग्रगमन हो कि माओवादीको क्रमभङ्गता ?
एकथरिलाई सत्ता ढलेकोमा चिन्ता छ, अर्कोथरिलाई सत्ताप्राप्तिको हौसला । एकपल्ट फेरि पीडित जनता र देश बेवारिसे भयो भन्ने दृश्य देखिएको छ ।
देश र जनता सुरक्षित छैन । देश अर्को अराजकतामा फस्न पुगेको छ ।
यसैवीच रास्वपाका डा.स्वर्णिम वाग्लेले नेपाललाई भारतको मनरो डक्ट्रिनमा जानुपर्छ भनेर नयाँ बिबाद झिकेका छन् । मनरो डक्ट्रिनबारेका जानकार भन्छन्– मनरो मनरो डक्ट्रिन सन् १८२० तिर अमेरिकी राष्ट्रपति मनरोले छिमेकी देश  क्यानाडा, मेक्सिको, क्यारेबियन मुलुकहरूमा अमेरिकी एकाधिकार हुनुपर्छ भन्ने सिद्धान्त रहेछ । यो सिद्धान्तमा जानु भनेको नेपाललाई भारतीय डक्ट्रिनमा अर्थात भारतअन्तर्गत नेपाल जानुपर्छ भन्ने हो । यस विषयमा व्यापक बहस चलेको छ । यो बहसबारे माओवादी, रास्वप र नेकपा सको प्रतिबद्धता थियो भने त्योभन्दा खतरनाक कुरा केही हुन सक्दैन । हुन पनि पटक पटक भारत भ्रमण गरेर तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारतका प्रम नरेन्द्र मोदीलाई भेटेकै हुन् । पछिल्लोपल्ट मोदीको सपथग्रहण समारोहमा पुगेर पनि कुटनीतिक मर्यादाविपरित छोरी गंगालाई साथैमा राखेर मोदीसँग एकान्त वार्ता गरेकै हुन् । तर नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतलाई खाइसक्यो, प्रवुद्ध समूहको रिपोर्ट बुझ्न मानेन, ६६ हजार बर्गमिटरभन्दा बढी नेपाली भूभाग ७२ ठाउँमा अतिक्रमण गरेकै छ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरित सीमामा बनाएको बाँधका कारण नेपाल यसवर्ष पनि डुबानमा प¥यो । तत्कालीन प्रम प्रचण्डले भारतका सामु नेपालमाथिको अतिक्रमणको कुरै उठाउन सकेनन् । कतै मनरो डक्ट्रिनले थिचिएको त थिएन ? त्यसबारे यो सरकारले बोल्नुपर्छ । देश ढाल्न खोजेको भए ओलीले बचाउन के गर्लान् ?