Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

कसले तोड्यो ? सूत्रधार को हो ?

०२ बुधबार , श्रावण २०८१२ महिना अगाडि

कसले तोड्यो ? सूत्रधार को हो ?

‘बाम फुटे कि फुटाइए ? जिम्मेवार को ?’
कहिले दिल्ली, कहिले बेइजिङतिर ढल्कने र वाशिङ्टनतिर साखुल्ले बन्ने बामहरू अन्ततः भूराजनीतिमा नीति, नैतिकता, नियतमा समेत दुर्बल नेता साबित हुनपुगे । गणतन्त्र ल्याए, विदेशवादी भए, लोकतन्त्र ल्याए, लूटवादी बने । जन्मिएको माटोविरूद्ध अर्काको भरिया हुनेले पाउने ज्यालामात्र हो । भतुवालाई बिगौती भनेझैं । भारतको अंग्रेजी दैनिक ‘द पायोनियर’ ले सन् २००५ (वि.सं.२०६२) मा लेखेको थियो–‘नेपालका राजाप्रति घृणाको कारण भारत सरकारले माओवादी इन्सर्जेन्सीलाई पूर्णरूपले अनुमति दिएको छ । यो गलत काम हो ।’ राजतन्त्र गयो, अहिले कुनियत प्रष्टियो ।
त्यतिबेला ‘द गार्जियन’ले लेखेको थियो– ‘विद्रोही क्रान्तिकारीहरू यथार्थमा दुर्बल मस्तिष्क भएको विदेशीले रिमोट कन्ट्रोलले नियन्त्रित गर्ने प्रजाति हुन् ।
भोलिको नेपालका लागि प्रश्न छ– यो परिवर्तनको सूत्रधार को हो ?