Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

Image

परिवर्तनका लागि तैयार हौं

शाश्वत शर्मा

०१ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

परिवर्तनका लागि तैयार हौं

मुलुक भयावह अवस्थामा पुग्यो । केन्द्रको मन्त्रिमण्डलमा अचानक हलचल भएको कुरा मामुली हो भन्छन् जानकारहरू । मुख्उ कुरा त राा ज्ञानेन्द्रको इण्डोनेसियालगायत भ्रमणपछि हुने भनिएको भारतको भ्रमण हो । खासगरी हालै सम्पन्न भारतको आमनिर्वाचनको चुनाव र त्यसको परिणामपछि हुने भनिएको राजाको भ्रमण महत्वपूर्ण रहेको बताइँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केी ओलीलाई अघि सारेर भए गरेका सबै घोटालाहरू ढाकछोप गर्न खोजेको भन्दा पनि राजा ज्ञानेन्द्रलाई भारतले गर्न चाहेको स्वागत महत्वको छ भनिदैछ । यसै सेरोफेरोमा राजावादी र हिन्दुवादी राप्रपाका प्रभावशाली नेता धवलशमशेर राणा, जो संघीय सांसद पनि हुन्,उनले दशैं तिहार र छठपछि राजासंस्था र हिन्दुधर्मका लागि अनि संघीयताको खारेजीका लागि निर्णायक आन्दोलन गर्दैछ भनेर उद्घोष गरेपछि अब चाहिं कोर्स करेक्सन गर्न खोजेको आँकलन गरिएको छ ।
प्रचण्ड सरकार जो भारतका लागि कम्फर्टेबल थियो, देउवा र ओलीले मध्यरातमा गरेको सहमतिले गर्दा भारत झस्किएको भनेर बताउँदैछन् । जेहोस्, एउछा कुरा चाहिं के प्रष्ट छ भने, अघि नेपालमादक्षिणको छिमेकीमात्र सकृय हुने गथ्र्यो भने अब नेपालअन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदान भएको पुनः पुष्टी भएको छ । हिजोसम्म भारतको इसारा वा चीनको प्रभावमा परिवर्तन हुन्थ्यो, अन्य शक्ति पनि हात हाल्न थालेका छन् । रूससमेत सकृय रहेको अनुभूति हुनपुगेको छ । कसको उपस्थिति दरिलो, निकट भविष्यमा देखिएला । पार्टीभित्र रहेकाहरूले आआफ्ना भूमिका परिवर्तन गरेको देखिदा तिनको कित्ता परिवर्तन पनि आश्चर्यजनक लाग्दैछ । जो जुन कित्तामा गए पनि सबै अवसरवादी हुन्, सत्ता र शक्तिकै लागि भूमिका निर्वाह गरेका हुन् । आफ्ना कपटपूर्ण भ्रष्ट प्रवृत्तिमा दण्डित हुन नपरोस् भन्ने नै तिनको उद्देश्य हो ।
मुलुक अस्थिर र अराजक छ । मुलुकवासी बाढीपैह्रोको कारण थप कष्ट भोगिरहेका छन् । तिनको पीडामा मलम लगाइदिने कोही भएनन् । सबै पद र प्रतिष्ठा बचाउन, भ्रष्टाचार गर्न व्यस्त छन् । पालिकादेखि प्रदेश, संघीय सरकार समेत भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् । सत्ता परिवर्तनको मुख्य उद्देश्य काण्डहरूको फाइल नखुलोस्, सजाय भोग्न नपरोस् भन्ने नै हो । यहाँ सबै नाङ्गा छन्, विदेशी शक्तिलाई यस्तै नाङ्गालाई खेलाउन चलाउन सहज हुनेगर्छ । आफू भ्रष्टाचार र राष्ट्रघाता डुबेर विदेशीलाई खेल्न खेलाउन सहज वातावरण यिनैले बनाइदिएका छन् । अफगानिस्तान, युक्रेन हुनलागेको छ देश । होला मौका मिलेकाले विश्वशक्ति बन्नबाट चीनलाई रोक्न विदेशीलाई मौका मिलेको होला, यो मौका यिनै देशघातीले दिएका हुन् । भारतले बुझ्नुपर्छ, यो खतरा चीनका लागिमात्र होइन, भारत टुक्रिने खतरा पनि हो ।
पछिल्लो घटनाक्रम अनुसार चीन, भारत र रूस कतिपय मामिलामा एक ठाउँमा उभिएका छन् । त्यसैका कारणले पनि नेपालमा हलचल बढेको छ । भिन्नभिन्न दृष्टिकोण आए तापनि कांग्रेस, एमालेको बन्न लागेको सरकार अन्तिम प्रयोग हो । १२  बुँदे सम्झौता जो दिल्लीमा भएको थियो, राजतन्त्रलाई बिस्थापन गर्न अर्जुन वाण मानिएको थियो, ओली र देउवावीच भएको अर्को १२ बुँदे २ सहमतिले माओवादी र प्रचण्डलाई बिस्थापन गर्दैछ भन्ने तर्क धेरैको छ । जनयुद्ध र जनआन्दोलनको अवसान नै यो परिवर्तनको अन्तर्य हो । चाँडै नै नेपालमा अर्को परिवर्तन हुनगइरहेको छ । छिमेकीले आफूलाई सच्याएको होस् कि नेपालीको सबरको समय सकिएर हो, यो व्यवस्थाले अन्तिम श्वास फेर्न थालेको भने पक्कै हो । भ्रष्ट र राष्ट्रघाती नेता र दल, त्यसको दुस्परिणामबाट उब्जिएको सात समुद्र पारीका शक्तिशाली मुलुकहरूको चलखेलसमेत अब नेपालीलाई स्वीकार गर्न सक्दैन भन्ने छनक देखिदैछ । हुन त नेपालमा अनेक शक्तिहरूले फणा उठाउन थालेका छन् । उतिबेला राजतन्त्रलाई बिस्थापन गर्न उद्दत थिए, तिनीहरू अब सुधारिन सक्ने देखिदैछ । नेपालको भूराजनीति, क्षेत्रीय राजनीतिको दशा र दिशा हेरेर, विश्लेषण गरेर गम्भीर मोडमा पुगेका छन्, त्यसका लागि नेपालमा राजसंस्था अपरिहार्य छ भन्ने तिनले बुझेका छन् । यस प्रकारको बुझाइ भएकाहरूको संख्या दिनदिनै बढेर गएका छन् । यसमाथि नेपाली जनताको मनोभावना जो सडकमा अभिव्यक्त भइरहेका छन्, त्यसलाई पनि कसैले नजरअन्दाज गर्नसक्ने अवस्था छैन । यसकारण फेरि पनि भन्नैपर्छ, निकट भविष्यमा नेपालको राजनीतिमा निकै ठूलो उथलपुथल सहितको परिवर्तन अवश्यम्भावी देखिदैछ । यो परिवर्तनका लागि विवेकका साथ हरेक नेपाली तैयार हुनैपर्छ ।