Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

एमाले अध्यक्ष ओलीले आज शपथ लिने

३२ सोमबार , असार २०८१२ बर्ष अगाडि

एमाले अध्यक्ष ओलीले आज शपथ लिने

हिँजाे असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेकाे छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएकाे छ । शपथ पछि प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार गरि नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिने बताइएकाे छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीकाे नेतृत्वमा नेपाली काँग्रेसका ९ र नेकपमा एमालेका तर्फबाट ८ जना मन्त्री बन्ने सहमति भएकाे छ । जसअनुसार नेकपा एमालेका तर्फबाट मन्त्री बन्ने ८ जनाको नाम टुंगो लागेको छ । एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेकाे छ ।

यता नेपाली कांग्रेसका नेताहरु मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफलमा जुटेकाे बताइएकाे छ । प्रधानमन्त्री ओली नेतृत्वकाे सरकारमा पार्टीकाे पूर्व महामन्त्री प्रकाशमान सिंहकाे नेतृत्वमा  कांग्रेस सरकारमा सहभागि हुने तयारी रहेकाे र पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार हुने बताइएकाे छ ।