Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

३१ आइतबार , असार २०८१२ महिना अगाडि

एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । पाँचौं पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि शुक्रबार साँझ ५ बजेसम्मको समयसिमा दिएर राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरे लगत्तै नेपाली कांग्रेसको समर्थनमा ओलीले दाबी प्रस्तुत गरेका थिए । सोहि अनुसार ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरिने बताईएको छ । आज नियुक्त भएपनि शपथ भने भोलि हुने र त्यसक्रममा उनले केही मन्त्रीलाई पनि शपथ गराउने तयारी थालेको बुझिएको छ।

नेकपा एमालेका अध्यक्ष ओली २०७२, २०७४ र २०७८ साल गरी ३ पटक नेपालको प्रधानमन्त्री भइसकेका छन् ।