Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

२१ बिहिबार , असार २०८१३ महिना अगाडि

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

पछिल्लाे राजनीतिक घटनाक्रमसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सरकारमा सहभागि रास्वपाका मन्त्रीहरूले राजीनामा दिने भएका छन । मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा बुझाउने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वकाे सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित ४ जना मन्त्री सहभागी छन् । हिँजाे नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेसंगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरूले पनि सरकार छाड्न लागेका हुन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री सहित रवि लामिछानेकाे नेतृत्वमा सरकारमा सहभागी रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री रहेका छन् ।