Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रास्वपाका महामन्त्री ढकाल पार्टीबाट निलम्बित

२१ बिहिबार , असार २०८१३ महिना अगाडि

रास्वपाका महामन्त्री ढकाल पार्टीबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल पार्टीबाट निलम्बित भएका छन् । महामन्त्री डा. ढकाललाई रास्वपाको केन्द्रीय समिति बैठकले निलम्बन गरेकाे हाे ।

रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेकाे बताइएकाे छ । पार्टीले महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन समितिलाई निर्देशन दिने निर्णय समेत गरेकाे छ ।

महामन्त्री डा. ढकाल माथि ७ दिन छानबिन गरिने र दाेषी देखिएमा थप कारबाही हुने अन्यथा महामन्त्रीमा फर्किने छन् । पर्टीकाे बिहान ८ बजेदेखि बसेकाे केन्द्रीय समिति वैठक १६ घन्टापछि मध्यरात १२ बजे सकिएकाे थियाे ।