Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

युएईमा खुशीमन्त्री, नेपालमा छुसीमन्त्री

०३ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

संयुक्त अरव इमिरेट्स सरकारले जनतालाई खुशी बनाउने कामका लागि खुशी मन्त्रालय गठन गरेर अहुदा बिन्त खाल्फान अल रुअमीलाई खुशी मन्त्रीमा नियुक्त गरेको छ। मिनिष्टर फर स्टेट अफ ह्यापिनेस हुन् यिनी। यो मन्त्रालयले नागरिकका अपेक्षा, चाहनालाई पूरा गर्न र खुशी दिन कार्यक्रम, नयाँ योजना र कार्यक्रम ल्याएर काम गर्नेछिन्। महिलाप्रति अत्यन्त नकारातमक सोच राख्ने कडा कानुनको पालना गर्दै आएका मुस्लिम समुदायमा नागरिक खुशीप्रति यति चासो र महत्व दिन थालिएको छ तर नेपालजस्ता प्रजातान्त्रिक मुलुकमा महिलाहिंसा घट्न सकेन, महिलाले महत्व पाउने क्रम पनि बढ्न सकेको छैन। हो, यतिखेर राष्ट्रपति र सभामुखमा महिला छन् तर राष्ट्रिय नीति निर्माण तहमा महिलाहरुको सहभागिता साह्रै न्यून रहेको छ। नेपालमा पनि नागरिकको खुशीका लागि खुशी मन्त्रालय गठन गरेर महिलालाई खुशी मन्त्री बनाउन सके राम्रै हुन्थ्यो कि। मन्त्रालय टुक्य्राउनु र मन्त्री बढाउनुको साटो यता पनि सोच्ने कि ओलीजी?
नेपालमा छुसीमन्त्री
जुनियर केपी ओलीका महिला बालबालिका तथा समाजकल्याण उपप्रधानमन्त्री बनेका सीपी मैनालीमाथि यसअघि यही मन्त्रालयमा मन्त्री बनेकी पत्नी नीलम केसीको भ्रष्टाचार छोपछाप, ढाकछोप पार्दैमा भ्याइ नभ्याइ भइरहेको आरोप लाग्न थालेको छ। मन्त्रालय र मातहतका कार्यालयहरुमा भ्रष्टाचार गरेको प्रमाणसहितको उजूरी अख्तियारमा परेपछि सीपीलाई भागदौड बढी भइरहेको हो। समाजकल्याण परिषदका सदस्यसचिव रबिन्द्रकुमारलाई हटाएर उनले आफै त्यहाँ उपस्थित भएर बैठक समेत गरेका छन्। यो कर्म गर्नुको पछाडि थप प्रमाणहरु अख्तियारले फेला नपारोस् भन्ने नै हो। अहिले उनलाई मन्त्रालय तानिएको छ। सचिवको कोठामा ताल्चा मारेर साँचो बोकेर हिड्नेकाम सीपीले गरिरहेका छन्। खासगरी समाज कल्याणका घरजग्गाहरुको भाडामा बढी भ्रष्टाचार भएको छ। \u000aउपप्रधानमन्त्री सीपी नभएर नीलम नै हुन्। किनभने झण्डावाला गाडीमा सीपी चढ्छन् तर मन्त्रालयमा पत्नीको हैकम चल्ने गरेको छ।