Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सुडानकाण्डजस्तैे ज्याकेट काण्ड

०३ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

 अवकाश हुने बेलामा आइजीपीसाप ज्याकेट खरिद काण्डमा फसेका छन्। नेपाल प्रहरीका सकलदर्जाका लागि खरिद गरिएको ज्याकेटका बारेमा विभिन्न पत्रपत्रिकाले भ्रष्टाचार भएको कुरा लेखेका छन् भने प्रहरीभित्रैको एउटा समूहले अख्तियारमा उजूरी हालेको छ। यही कुरा सार्वजनिक गर्दा राष्ट्रिय सुरक्षा र अखण्डतामा घात हुन्छ, ठेकेदारको ज्यूज्यान असुरक्षित हुन्छ भन्ने जवाफ दिएर उपेन्द्रकान्त अर्यालले आफ्नो क्षमताहीनताका प्रदर्शन गरेका छन्। ज्याकेट र ठेक्काभित्र देशको सुरक्षा र अखण्डता कसरी जोडिन पुगेछ भन्ने विषयले सबैलाई चकित पारिदिएको छ। तत्कालीन खिलराज रेग्मी सरकारले महिला पार्वतीमाथि हिंसा गरेर रातारात आइजीपी बनाइएका उपेन्द्रकान्त अर्याललाई साँढे सात लागेजस्तो छ, पहिले उनले अख्तियारलाई झुक्याए पनि अव उनको भ्रष्टाचारको चिठ्ठा खुल्ने खतरा देखिन्छ। आइजीपीसापले प्रवक्ता कमल सिंह बमलाई अघि सारेर सबै खरिद सार्वजनिक ऐनअनुसार खरिद गरिएको विज्ञप्ति निकाल्न लगाए पनि प्रहरीभित्रको ज्याकेट प्रकरणले अव ठूलै मुद्दाको रुप लिएको छ। नेपाल प्रहरीले ज्याकेट खरिदका सबै कागजात सार्वजनिक गर्न जरुरी छ भने उनका हास्यास्पद तर्कलाई तिनै कागजात प्रमाणले गलत साबित गरिदिने र नेपाल प्रहरीभित्र अर्को सुडानकाण्डको पर्दाफास हुने नेपाल प्रहरीभित्रैको स्रोतले जानकारी दिएको छ।

 हुन पनि नेपाल प्रहरीका ठूलै अधिकारीहरुले नाकावन्दीका समयमा इन्धन कालोबजार गर्न आफ्नो सत्य, सेवा, सुरक्षालाई दाउमा राख्न सक्नेले सकल दर्जाका लागि ज्याकेट खरिद गर्दा कति भ्रष्टाचार गरे होलान्, सहज अनुमान लगाउन सकिन्छ। फसे, उपेन्द्रकान्त अर्याल नराम्ररी फसे। नेपाल प्रहरी अहिले पनि यथार्थ सूचना लुकाइरहेको छ। पहिले खान्की, जुत्तामा समेत ठूलो भ्रष्टाचार भएका घटना घटेको, पूर्व आइजीपीहरु सुडान काण्डमा जेल गएको देख्दादेख्दै र आफ्नै छानबिनलाई तामेलीमा राखेको थाहा हुँदाहुँदै आइजीपीले किन यति ठूलो भ्रष्टाचार गरे, आश्चर्य लाग्छ।