Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

तिम्रो हाम्रो मनको दूरी घटेजस्तो छ

०३ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

भारतीय दलाल भनेर छुट्टिभिन्न भएका बैद्यले ड्यास माओवादी गठन गरे र प्रचण्डमाथि क्यास माओवादीको आरोप समेत लगाए। अव यिनै बैद्य पार्टी एकीकरण गर्न हतार गरिरहेका छन्। आखिर किन? कुन उद्देश्यपूर्तिका लागि? स्पष्ट छैन। यता प्रचण्डले घोषणा गरे– पार्टी एकीकृत गर्न महिनौं कुर्न सकिन्न, केही हप्तामै पार्टी एकीकरण हुन्छ। दुई वर्षमै एमाओवादीलाई नम्बर वान पार्टी बनाएर छाड्छु। यिनै प्रचण्डले यही उद्देश्यका लागि बिघटित वाईसीएललाई राष्ट्रिय भेला गराएर माघ १० गते ब्यूँताइदिएका छन्। वाईसीएलका आरसी शर्माले ३ लाख युवालाई एकढिक्को पार्ने बताएका छन्। अव के होला? सबै आश्चयमा छन्।

प्रचण्डले भनेका छन्– विभिन्न समयमा देश लुट्नेहरुलाई छाडिन्न। यही उद्देश्यका लागि पार्टी एकीकरण प्रक्रिया अघि बढेको हो। जनयुद्ध दिवसका दिन प्रचण्ड उत्साहित देखिएका थिए र उनको उत्साह बैद्य, नेत्रविक्रम चन्द, मणि थापा र मात्रिका यादवलाई धन्यवाद दिएबाट स्पष्ट भएको थियो। अव ५ पार्टी मिल्छ, एक हुन्छ र एमाओवादी पहिलो राजनीतिक शक्ति बन्छ।आश्चर्य, प्रचण्डले नयाँ शक्ति पार्टी गठन गरेका डा.बाबुराम भट्टराईलाई पटक्कै सम्झना गरेनन्।