Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

११ सोमबार , असार २०८१२ महिना अगाडि

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । विविध विषयमा छलफल गर्न मन्त्रिपरिषद्को नियमित बैठक बसेकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्ति र नयाँ मुख्यसचिव छनाैटका विषयमा छलफल गर्ने सम्भावन रहेकाे बताइएकाे छ । बैठकमा बाँकी ३ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र नयाँ मुख्यसचिव छान्ने सम्भावित एजेण्डा छ ।

गएकाे शुक्रबार बसेको बैठकले रिक्त ११ मध्ये ८ देशका लागि राजदूत सिफारिस गरेको भएपनि दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् ।

त्यस्तै मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाचमा डामिएपछि मुख्यसचिव पद पनि रिक्त भएकाे र आज उक्त विषयमा छलफल हुने बताइएकाे छ ।