Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मोहनविक्रममाथि पिएचडी

२६ मंगलबार , माघ २०७२१० बर्ष अगाडि

कम्युनिष्टका गुरु मोहनविक्रम सिंहका विषयमा सोधपत्र तैयार गर्ने डा.बेनुवा क्लेमेलाई पेरिस विश्वविद्यालयले पीएचडी उपाधि दिएको छ। कुनै कम्युनिष्ट नेतामाथि गरेको सोधमा विश्वविख्यात विश्वविद्यालयले पीएचडी दिएको यो पहिलो हो। अ हिस्ट्री अफ नेप्लीज माओइज्म सिन्स इट्स फाउन्डेसन यही विषय हो सोधपत्रको। यो सोधपत्र यसकारण ऐतिहासिक छ कि एउटा किसान परिवार कसरी कम्युनिजमतिर लाग्छ, वर्गसंघर्ष र संगठन निर्माण गर्न सक्षम हुन्छ भन्ने विषयमा विषद अनुसन्धान गरिएको छ। यो सोधमा अन्य कम्युनिष्ट नेताका चर्चा र विचार पनि छन् तर मूलत मोहन विक्रम सिंहबाट तितरबितर भएका कम्युनिष्ट कथा पनि छन्।