कम्युनिष्टका गुरु मोहनविक्रम सिंहका विषयमा सोधपत्र तैयार गर्ने डा.बेनुवा क्लेमेलाई पेरिस विश्वविद्यालयले पीएचडी उपाधि दिएको छ। कुनै कम्युनिष्ट नेतामाथि गरेको सोधमा विश्वविख्यात विश्वविद्यालयले पीएचडी दिएको यो पहिलो हो। अ हिस्ट्री अफ नेप्लीज माओइज्म सिन्स इट्स फाउन्डेसन यही विषय हो सोधपत्रको। यो सोधपत्र यसकारण ऐतिहासिक छ कि एउटा किसान परिवार कसरी कम्युनिजमतिर लाग्छ, वर्गसंघर्ष र संगठन निर्माण गर्न सक्षम हुन्छ भन्ने विषयमा विषद अनुसन्धान गरिएको छ। यो सोधमा अन्य कम्युनिष्ट नेताका चर्चा र विचार पनि छन् तर मूलत मोहन विक्रम सिंहबाट तितरबितर भएका कम्युनिष्ट कथा पनि छन्।


