Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पत्नी पीडितका २६ उजुरी

२६ मंगलबार , माघ २०७२१० बर्ष अगाडि

 पहाडतिर पुरुषहिंसाले महिला पीडित। राजधानीमा पत्नीहिंसाले पुरुषलाई ज्यान जोगाउनै धौधौ। ६ महिनामा २६ उजूरी परेको छ प्रहरीमा। ज्यान जोगाइपाउँ भनेर पुरुषहरुले प्रहरीमा जाहेरी दिएका हुन्। पत्नीको हिंसा सहन नसकेर पारपाचुकेका मुद्दाहरु पनि बढ्न थालेका छन्। बढी पत्नीपीडित बैदेशिक रोजगारीमा गएका पुरुषहरु देखिएका छन्। बैदेशिक रोजगारीबाट ४ महिनाअघि दीपक मिजार घर आए, पत्नी सँगै बस्न मानिनन्। उनी त अर्कैसँग सल्किसकिछन्। श्रमती र पैसा दुबै चट। अनि प्रहरीमा उजूरी दिन गए, प्रहरीले के गरोस्? यस्तै घटना ललितपुरका दिनेश शाहीको छ। पैसा र गहना सबै कुम्ल्याएर पत्नी हिडिन्। प्रहरी भन्छ– हप्तैपिच्छे अनेकखालका पत्नीपीडितहरुको उजुरी आइरहेका छन्।