Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बुरैदा अल्कासिम क्षेत्रीय समितिको भेला सम्पन्न, अध्यक्षमा तुम्बाहाम्फे

०६ बुधबार , असार २०८१४ महिना अगाडि

बुरैदा अल्कासिम क्षेत्रीय समितिको भेला सम्पन्न, अध्यक्षमा तुम्बाहाम्फे

-युबराज कार्की (शेखर)

नेपाली जनप्रगतिशील मन्च साउदी अरबकाे बुरैदा अल्कासिम क्षेत्रीय समितिको अध्यक्षमा सुरेन्द्र तुम्बाहाम्फे चयन भएका छन् । एसिया प्रदेश संयोजक सनिकुमार ओलिकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलाले तुम्बाहाम्फेकाे अध्यक्षतामा १५ सदस्य बुरैदा अल्कासिम क्षेत्रीय कार्यसमिति छनाैट गरेकाे हाे ।

सुरेन्द्र तुम्बाहाम्फेकाे अध्यक्षतामा बनेकाे नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्तकुमारी सुनुवार सचीव खुमबहादुर कार्की कोषाध्यक्ष तिलकबहादुर राना मगर सर्वसम्मत छनाैट भएका छन । त्यस्तै सदस्यहरुमा सुवास तामाङ, गणेशबहादुर श्रेष्ठ, आयुषराज धामी, रमनबहादुर थापा, सन्तोष बस्नेत, भानु सुन गुरुङ,निर्मल थापा, लिला बिक र आकाश राईलगायत रहेका छन ।

आरबि लामाकाे अध्यक्षतामा सम्पन्न भएकाे भेलाको संचालन मन्चको केन्द्रिय महासचिव बासुदेब सापकाेटाले गरेका थिए भने एसिया प्रदेश सदस्य तथा पश्चिम एसिया सचीव कमल साही विशेष अतिथि रहेका थिए । कार्यक्रमकाे अतिथिहरुमा सुमन दाहाल,गगा कोदार,भक्त कार्की बलदेव मश्राङ्री मगर गिता भट्ट दुर्गा देबि दाहाल लगायत रहेका थिए ।

भेलालाइ सम्वाेधन गर्दै प्रमुख अतिथी शनिकुमार ओलिले नवनिर्वाचित कर्यसमितिलाइ बधाइ दिएका थिए । उनले अहिलेको सरकारले श्रमिक आधारित सामाजिक सुरक्षा कोष ल्याएको हुदा सबै श्रमिकलाई कोषमा आबद्ध गर्नको लागि श्रमिक आधारित कार्यक्रमलाई व्यापक गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जनयुद्धका उपलब्धिलाई सस्थागत गर्दै नेपालको लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित बैज्ञानिक समाजवादमा गोलबद्व भएर लाग्नुपर्नेमा जाेड दिइएकाे थियाे । नयाँ कार्यसमितिलाई बधाइ दिँदै कार्यक्रमलाइ भव्य रूपमा सम्पन्न गर्न सहयाेग गर्ने सबैलाइ धन्यवाद दिँदै कार्यक्रमको सभाध्यक्ष आरबि लामाले कार्यक्रमकाे समापन गरेका थिए ।