Shaswat Sharma Khatiwada:
बीचमा कनुै अवरोध आएन भने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फागुन ७ गते सुरु हुने कुरा सार्वजनिक भइसकेको छ। २००७ सालमा श्री ५ त्रिभुवनले यसै दिनलाई आफ्नो 'नेपाल फिर्ती' को दिन बनाएका थिए भने अहिलेका प्रधानमन्त्री ओलीले चैं यसै दिनलाई 'भारत प्रस्थान' दिन बनाउन लागेका छन्। जेहोस्, समाचारमा आएअनुसार फागुन ७ गतेबाट भारत भ्रमण भनिसकियो र जारी अर्थमन्त्री विष्णु पौडेलको नयाँदिल्ली तैयारी भ्रमणबाट भ्रमण फलदायी हुने आशाको व्यापक प्रचार गरिदैछ एमाले बृत्तबाट।
अहिले वीरगञ्ज नाका आफै खुल्नुको मतलव पनि नेपालका प्रधानमन्त्रीले आफूले गरेको वाचाको (नाका नखुली भारत जान्न) पूरा भएको भन्न सजिलो होस् भनेर भारतको सदासयता मान्न सकिन्छ। तथापि यसबारे भारत मौन छ। हेर्दै गए हुन्छ, भ्रमण सकिएपछि, वीरगञ्जनाका फेरि बन्द हुनेछ अझ कडा रुपमा।
नेपालका प्रधानमन्त्री पहिले चीन जालान् भनेर भारतीयहरुले अहिले वीरगञ्ज नाका खुलाइदिएका हुन्, स्रोत यसै भन्छ। हुन पनि एमालेभित्र भारतीय भनेर चिनिने केपी ओलीलाई पहिलो भ्रमणका रुपमा चीन त पठाउनै भएन। अझ यो कुराको प्रष्ट्याई मधेसी मोर्चा, जो वीरगञ्ज नाका अवरुद्ध गर्ने मोर्चा हो, को शंकास्पद र विवादास्पद भनाईले पनि भएको छ। काठमाडौंलाई ठप्प पार्ने रणनीति अनुरुप अहिले नेवार र तामाङहरुलाई उक्साउँदै रहेको मधेसी मोर्चाका नेताहरुलाई खुब थाहा छ कि काठमाडौं ठप्प पार्न सजिलो छैन, यहाँ बेइज्जति मात्र सहनुपर्छ। ...त्यसकारण फर्कनु पर्ने त वीरगञ्ज नाकातिरै हो। धेरै हदसम्म बुझ्न सकिछ कि करिव महिना दिनको विश्राम लिएपछि वीरगञ्ज नाका वार्ता मिलेन, मधेसीले अधिकार पाएनन् भन्ने नाममा फेरि बन्द गरिनेछ। अहिले खुलाइएजस्तोमात्र देखिएको हो। ताकि ओलीलाई भारत जान सजिलो होस्। एकथरिको यस्तो मत रहेता पनि अर्काथरि चैं अलि भिन्न मत राख्छन्। तिनका अनुसार अव काठमाडौंका जनजातिहरु पनि उठ्छन्। होला, हिजोका दिनहरुमा यहाँका आदिवासीहरु स्वविवेकले अगाडि बढ्थे होलान्। ..तर अव स्थिति भिन्न छ। यहाँ मधेसी मोर्चाको आह्वानले जनजाति उठ्ने होइनन्। अरुकै खेलले उठ्ने हुन्। ती अरु भनेका प्रष्ट छ– बिस्तारवादी शक्ति नै हो। पद्मरत्न तुलाधरले यो वर्तमान संविधान पूर्ण रुपमा खारेज नगरेमा 'देखाइदिने' धम्की दिइसकेका छन्। हिजो उनलाई काठमाडौंको हिरो बनाउने र पीएल सिंहलाई नगरपिता बनाउने शक्ति अव बिस्तार बिस्तार यी दुई मार्फत अगाडि आउँदैछ। केही दिनदेखि पत्रपत्रिकाहरुमा आउन थालेका पीएल सिंहका कांग्रेसनीति विपरितका विचारहरु पनि त्यसैको कडी हुनसक्छ। ..यो तर्कमा पनि दम छ है।
अझै झन यसै सिरिजमा पूर्वराजाको जारी बैंकक भ्रमणलाई पनि जोड्नेहरु देखिन्छन्। हिन्दूराष्ट्र र कुनै रुपको राजतन्त्रलाई मुख्य मुद्दा बनाएर सडकमा उभिनेहरु पनि बाक्लिन थालेका छन्। नपत्याउने नपत्याउन्, राजेन्द्र महतोमाथि पनि राजतन्त्र ब्यूँताउन लागेको आरोप लागिसक्यो। ओम गुरुङ र पद्मरत्न तुलाधरको काँधमा बन्दुक राखेर हिन्दूधर्म र राजतन्त्रको पटाखा पड्काउनेहरु पनि समाजमा देखिएका छन्। राजनीति हो, जुनसुकै सम्भाबना रहन्छ। फेरि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुन्न भनिन्छ। भारतको दलाल भन्ने मोहन बैद्य तिनै प्रचण्डसँग एकीकरण गर्न आतुरी गरिरहेको दृश्य यसैको प्रमाण हो।
एउटा कुरा चैं के सत्य हो भने चाहे जुनसुकै..तन्त्र होस्, नेपालमा अहिलेसम्म बिजेता बनेको बिस्तारवाद नै हो। अहिलेसम्मको घटनाक्रमको निथार निष्कर्ष यही नै हो। आफूलाई राष्ट्रवादी भन्न रुचाउने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण तय हुनासाथ निजगड विमानस्थल र भारतीय कम्पनीलाई दुबै हातमा लड्डु नाफा हुने फास्ट ट्य्राकको सम्झौता हुने कुरा बाहिर आइसक्यो। आखिर ओली भ्रमणको एजेन्डा नेपाली हित हो कि भारतीय? स्पष्ट छैन। विज्ञ समूह गठन गरेका ओलीले त्यो समूहबाट के फिडब्याक पाए, अत्तोपत्तो छैन।
प्रष्ट कुरो के हो भने भारतलाई थाम्न सबै आतुर छन्। नेपालमा बढ्दो धर्म र गणतन्त्रको विवाद थाम्न यिनको बुताको कुरा हो जस्ता देखिदैन। नेपालको गणतन्त्रमा फैलिएको बिकृतिले छिमेक र विश्व आजित भइसकेजस्तो छ। अव लामो समय नलाग्दा, नेपालमा अर्को जनयुद्धको महाभारत छेडिन।


