Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन फागुनमा

०३ आइतबार , असार २०८१३ महिना अगाडि

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन फागुनमा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रिय महाधिवेशन आगामी फागुनमा गर्ने भएको छ । राप्रपा नेपालले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म तीन राष्ट्रिय महाधिवेशन गर्ने भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको र राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको बताईएको छ । साथै,समान बिचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय समेत गरेको छ ।

राप्रपा नेपालको जेठ ३१ र ३२ गतेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति, राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ लाई समेत पारित गरेको छ । बैठकले 
महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गर्दै ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग समेत गरेको छ ।

राप्रपा नेपालले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गर्दै वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको थियो । बैठकले तत्काल देशको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल समेत गरेको बताईएको छ ।