Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आजदेखि जसपाको राष्ट्रिय महाधिवेशन सुरु

२८ सोमबार , जेठ २०८१२ महिना अगाडि

आजदेखि जसपाको राष्ट्रिय महाधिवेशन सुरु

आजदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशन आज जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरको तिरहुतिया गाँछीमा हुन लागेको हो ।

आजदेखि सुरु हुन लागेको राष्ट्रिय महाधिवेशन दिउँसो १ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने तयारी रहेको छ । महाधिवेशनमा १ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् भने १ लाख कार्यकर्ताले महाधिवेशनमा भाग लिने अनुमान गरिएको बताईएको छ ।

पार्टीको महाधिवेशन उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहने जसपाले जानकारी दिएको छ । ३ दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पनि पार्टीले जनाएको छ ।

केहि समय अघि मात्रै पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव नै दोहोरिने लगभग निश्चित जस्तै छ भने राष्ट्रिय महाधिवेशनबाट अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ र २०१ जना केन्द्रीय सदस्य  तथा कार्यकारिणी सदस्य निर्वाचित हुने छन् ।