Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आज गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

२८ सोमबार , जेठ २०८१२ महिना अगाडि

आज गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले दिउँसो ३ बजे विश्वासको मत प्रयोजनका लागि बोलाईएको प्रदेशसभाको बैठकमा  विश्वासको मत लिने भएका हुन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशको ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुख बाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र १ स्वतन्त्र सदस्य रहेका छन् । विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन आवस्यक पर्छ ।

यता प्रदेश सभामा ठूलो दल रहेको कांग्रेससँग २७ मत छ भने कांग्रेसले २ सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई आफ्नो पोल्टामा पारे पनि बहुमत पुग्दैन । पाण्डेलाई बहुमत पुर्‍याउन एमाले वा माओवादीको सहयोग आवस्यक पर्छ । यदि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको बाटो खुला हुनेछ ।